५७ हजारभन्दा बढी कर्मचारी स्थानीय तहमा खटाइँदै



नेपाल समाचारपत्र
काठमाडौं
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगठन, संरचना र दरबन्दीको प्रस्ताव स्वीकृत गर्नुका साथै विगत वर्षमा दिइँदै आएका विभिन्न बिदाहरू कटौती गरेको छ।

सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३ सय ५४ कर्मचारी स्थानीय तहमा पठाइने भएका छन्।
जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ। बैठकले प्रधानमन्त्री कार्यालय अर्थ, उद्योग, कृषि, खानेपानी, गृह, परराष्ट्र, भौतिक पूर्वाधार, महिला, खेलकुद, शिक्षा, वन, शहरी विकास, श्रम, पर्यटन, सामान्य प्रशासन, सञ्चार र स्वास्थ्य मन्त्रालयका कर्मचारीको दरबन्दीमा हेरफेर गरेको छ।

यस्तै बैठकले २०७५ सालको सार्वजनिक बिदामध्ये निकै कटौती गरेको राज्यमन्त्री बास्कोटाले पत्रकारलाई बताउनुभयो। उक्त निर्णयअनुसार २०७५ सालमा सार्वजनिक बिदा ८९ दिन मात्र हुनेछ। २०७४ सालमा १०४ सार्वजनिक बिदा थियो। १२ वटा बिदा पूर्णरूपमा कटौती गरिएको छ। सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि २२ दिनको बिदा कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्