दुवै हातले कलम समातेर परीक्षा



नेपाल समाचारत्र, हेटौंडा ।

दुवै हातले कलम समातेर लेख्ने कुरा झट्ट सुन्दा पत्याउन गाह्रो हुनसक्छ । र, झट्ट हेर्दा अचम्म लाग्न पनि सक्दछ । तर, यो वास्तविकता हो । दुवै हातले कलम समाउँदै अपांगताका बाबजुद एसईई परीक्षा दिइरहेकी अनिता मोक्तान १८ वर्षकी भइन् ।

पकनेमा जन्मिएकी उनी जन्मजात अपांग रहेको बताउँछिन् । ‘जन्मजात दुवै हातका औंला जोडिएका थिए, पछि उपचार गरेर देब्रे हातको बुढीऔंला फट्याइएको हो । परिवारका सदस्यहरुले दुवै हातका औंला उपचार गरी फट्याउने भनेका थिए ।

तर, परीक्षा नजिकिएकाले समस्या हुन्छ भनेर मैले मानिनँ,’ अनिताले भनिन् । पकनेको ब्यास माध्यमिक विद्यालयमा अध्ययन गरेकी उनी थाहानगर–२, फाँटबजारमा रहेको मत्स्यनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी छन् ।

अनिताले साथीहरुसँगै बसेर परीक्षा दिने इच्छा जनाएपछि उनका लागि छुट्टै ब्यवस्था नगरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरी ढकालले बताए । ‘सुरुमा अपांग भनेर जानकारी पाएनौं, सम्बन्धित विद्यालयले कुनै जानकारी गराएन ।

परीक्षा दिँदै गर्दा थाहा भएपछि सोधियो । उनले सबै ठीक छ तर समय थप गरिदिन भनेपछि १५ मिनेट थप गरिएको केन्द्राध्यक्षसमेत रहेका ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्