स्मिथ र वार्नरमाथि एक वर्षे प्रतिवन्ध



काठमाडौँ,
शक्तिशाली क्रिकेटर स्मिथ र डेभिड वार्नरमाथि एक वर्षे प्रतिबन्ध लागेको छ । साथै क्यामरुन बेनक्राफ्टमाथि ९ महिना प्रतिवन्ध लगाइएको विभिन्न समाचारमाध्यमहरुले उल्लेख गरका छन् । तर, यसको औपचारिक घोषणा भने हुँन बाँकी छ ।

दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको तेस्रो टेष्टका क्रममा अष्ट्रेलियाका बेनक्राफ्टले बल टेम्पिरिङ गरेका थिए । यसबारे आफूसहित लिडरसिप टिमलाई पूर्व जानकारी रहेको स्मिथले स्वीकार गरेका थिए ।यो विवाद सार्वजनिक भएसँगै स्मिथ र वार्नरलाई कप्तान र उपकप्तानबाट हटाइएको छ । साथै तीनै जनालाई अष्ट्रेलियाले भ्रमणबाट फिर्ता बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्