खुल्यो गौलीकला हत्याको रहस्य, ट्राफिक प्रहरी नै हत्यामा संलग्न



नेपाल समाचारपत्र, सुर्खेत ।
एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न प्रहरीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौरमा बस्दै आएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । तर परीक्षाको तयारीमा रहेकै बेला उनी मंगलबार डेरामा मृत भेटिइन् ।

त्यस लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलासा भएको छ । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरले जनाएको छ ।

प यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीको विवरण छ ।

प्रतिक्रिया दिनुहोस्