भारतद्वारा अमेरिकी सामानमा कर वृद्धि



नयाादिल्ली (एजेन्सी)
भारतले आइतबारदेखि २८ अमेरिकी सामानको आयातमा अतिरिक्त कर लगाएको छ । यो करण ७० प्रतिशत समम हुने जनाइएको छ ।

अमेरिकाका तर्फबाट आलुमिनियम र स्टिलमाथि भारतले पाइरहेको छुट फिर्ता लिएको जवाफमा भारतले उक्त कदम चालेको हो । यसै महिनाको शुरुवाटमा अमेरिकी राष्ट्रपत िडोनाल्ड ट्रम्पले भारतलाई दिँदै आयरुहेको विशेष ब्यापार स्थानको सहुलियत फिर्ता लिएको थियो ।

भारतले गत बर्ष ुनमा १ सय २० प्रतिशत बंशार कर लगाउने गोषणा गरेको थियो । त्यसपछि अमेरिकाले भारत आफनो बजार उचित तथा न्याय सगत पहँुच अमेरिकालाई नदिएको आरोप लगाउँदै भारतलाई ँिददै आइरहेको विशेष स्थान फिर्ता गरेको घोष्णा गरेको थियो ।

अब भारतको अर्थ मन्त्रालयले शुत्रबार नयाँ अतिरिक्त कर लगाउने घोषणा गर्दै जनहितको पक्षमा फैसला हुने गरेको बताए ।

कर बृद्धी गरिएको सामानको सुचीमा बदामm स्वाउ जस्ता सामानहरु छन् , जनु भारतले अमेरिकाबाट आयात गर्छ । सन् २०१८ मा भारत– अमेरिकाबीच १ खर्ब ४२ अर्बको ब्यापार भएको थियो । यो आंकडा सन् २००१ को तुलनामा ७ गुण धेरै हो । तर यसमहिनाको पहिलो हप्ता सम्ममा भारतले अमेरिका निर्यात गर्ने ५ अर्ब ८ करोड बर्षको मुल्यका सामानहरुमा कुनै कर दिनु पर्ने छैन ।

तर त्यसपछि भने चर्का कर तिर्नु पर्ने छ , यसले भारतको अर्थब्यवस्थामाथि असर पार्न सक्छ । यो बाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल किनेमा भारत माथि प्रतिबन्ध लगाउने सक्ने धम्कि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्