बम विस्फोट



कायरो,(एजेन्सी)
इजिप्टको गिजा स्थित पिरिामिडसंगै रहेको ग्रयान्ड इजिप्सियन म्युजियम नजिक आइतवार एउटा पर्यटक बसलाई लक्षित गर्दै भएको बम विस्फोटनमा कम्तिमा १६ जना मानिस घाइते भएको सुरक्षाकर्मिहरुले बताएका छन् । रोयटर्स समाचार निकायकका अनुसार घाइते हुनेमा अधिकांश विदेशी पर्यटक रहेका छन् ।

नजिकैबाट बस गुड्दै गर्दा म्युजियमको पर्खाल नजिकै सो विस्फोट भएको थियो । छ महिना भित्र इजिप्टमा विदेशी पर्यटकहरु माथि लक्षित गर्दै भएको यो दोश्रो आक्रमण हो । गत डिसेम्वरमा यसरी नै बसमा बम विस्फोट हुँदा तीनजना पर्यटक मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्