९ महिनामा व्यापारघाटा १०६१ अर्ब पुग्यो



नेपाल समाचारपत्र, काठमाडौं
चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात १६ दशमलव ९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार भारततर्फ २८ दशमलव ९ प्रतिशत र अन्य मुलुकतर्फ ३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २५ दशमलव ७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पोलिस्टर ¥यान, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा कुल वस्तु आयात २१ दशमलव ३ प्रतिशतले बढेर १०६१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दशमलव ५ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १९ दशमलव २ प्रतिशत, चीनबाट भएको आयात ३५ दशमलव ३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, विद्युतीय सामग्रीलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका ठूला भन्सार नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।

आयाततर्फ भने सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा कुल वस्तु व्यापारघाटा २१ दशमलव ६ प्रतिशतले विस्तार भई ९९१ अर्ब ८१ करोड पुगेको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ६ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६ दशमलव ८ प्रतिशत रहेको थियो । निर्यात आयात मूल्य सूचकांक २०७५ चैत महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक वार्षिक बिन्दुगत आधारमा २ दशमलव ८ प्रतिशत र आयात मूल्य सूचकाक ४ दशमलव ८ प्रतिशतले बढेको छ ।

२०७४ चैत महिनामा ४ दशमलव ४ प्रतिशतले घटेको व्यापारको शर्त समीक्षा महिनामा १ दशमलव ९ प्रतिशतले घटेको छ । सेवा समीक्षा अवधिमा खुद सेवा आय १० अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २ अर्ब ९३ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई ५४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ५० अर्ब ३० करोड रहेको थियो । सेवा खाताअन्तर्गत पर्यटन व्यय समीक्षा अवधिमा १६ दशमलव ४ प्रतिशतले वृद्धि भई ६७ अर्ब ९४ करोड पुगेको छ ।

त्यस्तै शिक्षातर्फको खर्च ३५ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पर्यटन व्यय ५८ अर्ब ३४ करोड रहेको थियो ।
समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई २०४ अर्ब ४३ करोड रुपिया“ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७२ अर्ब ६७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ६८ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब ७९ करोड पुगेको छ ।

शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा
समीक्षा अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनामा १४ करोड ४१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५६ करोड ८३ लाखले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पु“जीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पु“जीगत ट्रान्सफर १३ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ४१ करोड रहेको थियो रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्