विष्णु पौडेलले ढाटेकै हुन !



नेपालमा भ्रष्टाचारको नालिवेली अहिलेदेखि मात्रै होइन, परम्परादेखिनै चल्दै आएको छ । राणाकालिन समयमा राणाहरुले भ्रष्टाचार होइन कुनै लेखाजोखानै नराखिकन राज्यको सम्पत्ति आफ्नो पार्थे । पञ्चायतकालिन समयमा पनि पञ्चायतमा पहुँच भएकाहरुको भ्रष्टाचार मौलाएकै हो ।

२०४६ सालमा बहुदलिय व्यवस्थाको सुरुवात भएपछि भ्रष्टाचार रोकिने होइन, झनै व्याप्तनै भयो । यसमा कर्मचारी र व्यापारिले राजनीतिक नेतृत्वलाई आफ्नो प्रभावमा पारेर भ्रष्टाचार गर्ने प्रवृत्तीमा वृद्धि भयो । प्रजातान्त्रिक व्यवस्थामा व्यापारी र कर्मचारीले भ्रष्टाचार गरे त्यसलाई रोक्ने जिम्मेवारी सरकारको हो । तर, पछिल्लो समयमा भ्रष्टाचारको अर्को जल्दो बल्दो उदाहरणको रुपमा ललितानिवास भनिने बालुवाटारको जग्गा राजनीतिक नेतृत्वलाई आफ्नो बसमा पारेर व्यक्तिको नाममा खुल्न आएको धरहराले देखेको छ ।

यसमा सत्तारुढ दलका प्राभवशाली नेता विष्णु पौडेलले पनि ८ आना जग्गा खरिद गरेको खुल्न आएको छ । उहाले जानीजानी वा अन्जानमा अरुले फसाएको भरमा उक्त जग्गा खरिद गरेको हो भन्ने विषयमा छानविन भया भने खुल्न अउला । उहाको यो दावी कत्तिको सही वा कत्तिको गलत हो भन्ने विषयमा धरहरलाई कुरीकुरी लागेको छ ।

प्रतिक्रिया दिनुहोस्