डबल स्ट्यान्डर



घूस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्। यो भनाइ नेपाल एकीकरणको नेतृत्व गर्ने पूर्ववडामहाराजधिराज पृथ्वीनारायण शाहको हो। नेपालमा उहाँको यो महान् वाणीले लामो समय काम पनि गर्यो। तर पछि पछि यो महान् वाणीलाई साक्षी राखेर घूस खाने जमातको संख्याले भने सीमा नाघ्यो। पृथ्वीनारायण शाहले यसो भन्नुभएको छ, घूस खानु हुँदैन भन्ने तर टेबलमुनि घूस राखेर जान निर्देशन दिने जमातका कारण मुलुक भ्रष्टाचारको जालोमा फस्यो भनेर कुलर्नेहरू नै अहिले भ्रष्टका दलाल भएको देख्दा धरहरालाई लाज लागेर आएको छ भन्या।

बाहिर हेर्दा सारै राम्रो देखिने तर भित्र भने कुन्नि के–के हो गर्ने यस्तो पाराले मुलुकबाट भ्रष्टाचार नियन्त्रण होला त ? प्रश्नमाथि प्रश्न गर्छ धरहरा आफूले आफैलाई तर मुलुकमा भने भ्रष्टाचारले सीमा नाघ्न लागेको छ।

सबै सदाचारको कुरा गर्ने तर खान नछोड्ने प्रवृत्तिका कारण मुलुकमा अहिले देखिएको भ्रष्टाचारको महारोगलाई नियन्त्रण गर्ने काम कसले गर्ला खै ? यस्तै यस्तै कुरामा रुमलिएको नेपाली समाजलाई देखेर धरहरा तीनछक परेको छ। जे हो त्यही भन न हो। डबल स्ट्यान्डरका कुरा किन गर्ने हैन त पाठकवृन्द्ध।

प्रतिक्रिया दिनुहोस्