विप्लप माओवादीका शक्तिशाली नेता हेमन्तप्रकाश ओली काभ्रेबाट समातिए



नेपाल समाचारपत्र, काभ्रे ।

विप्लप माओवादीका प्रभावसाली नेता हेमन्तप्रकाश ओली काभ्रेबाट पक्राउ परेका छन् ।

मध्यक्षेत्रीय कमान्ड इन्चार्ज एवंम प्रशिक्षण विभाग प्रमुख ओलीलाई काभ्रेको खानीखोला गाउँपालीका ३ डाँडागाउँबाट आज मध्यराती पक्राउ गरिएको हो ।

काभ्रे संवाददाता मोतीराम तिमल्सीनाका अनुसार प्रहरीको अपराध महासाखा टेकु र काभ्रे प्रहरीको संयुक्त टोलीले ओली लगायत अन्य केही नेतालाई पनि पक्राउ गरेको छ । स्थानीय घिसिग को घरमा बसीरहेका नेताहरुलाई पक्राउ गरी जिल्ला सदरमुकाम धुलीखेल ल्याउने तयारी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

केहीदिन अघि काभ्रेको रुसी गाउँपालिकाको काफलडाँडामा प्रशिक्षण दिँदै गर्दा विपल्प माओवादीका चार नेता पक्राउ परेपनि ओली भने फरार हुन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्