कारको ठक्करबाट वृद्धको मृत्यु



चितवन । कारको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। बा १५ च ४९२६ नम्बरको कारले भरतपुर महानगरपालिका–२३ कृष्ण चोकमा सोमबार साँझ साढे ७ बजे ठक्कर दिँदा सोही स्थानका ७५ वर्षीय जितबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जगतपुरबाट नारायणगढतर्फ गइरहेको कारले पैदल यात्री वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। ठक्कर दिने कार नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ। ।

प्रतिक्रिया दिनुहोस्