करोडौँ ठगीको आरोपमा एक महिला पक्राउ



विजय नेपाली, पोखरा ।
विभिन्न बाहानामा ठगी गर्दै आएको भन्दै बागलुङकि सरीताकुमारी रानालाई प्रहरीले पक्राउ गरेको छ । केही समय देखि सम्पर्क विहिन भएर बसेकि उनलाइ काठमाडौबाट पक्राउ गरेको हो । अवैध घरजग्गाखोजी दिने र मिलाइ दिने भन्दै विभिन्न व्यक्तीहरु सङ्ग पैसा माग्दै आएकी सरिताले करिब दुई करोड ५० लाख रुपैयाँ ठगेको आरोप छ ।

त्यस्तै काठमाडौं भक्तपुरका रुद्र दुलान २ करोड माथी ठगिएका छन उनलाइ ०६९र०७० सालमा मागेर फिर्ता नगरेको दुलानले बताए । दुलान सरिताको धरम भाइ हुन । काठमाडौं कै राजकुमार ढकालको ३२ लाक २० हजार ठगिएको उनले बताए । ू मेरो त अदालतले समेत फैसला गरेको छ,५८ लाख असुल गराउने भनेर फैसला गरेको छ,पोखरामा पक्राउ परेको खबर पाएर आएको हुू ढकालले बताए । काठमाडौमा समेत करोडौं ठगीगरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्किमा माघ १ गते देखी उनी विरुद्ध जाहेरि परेको थियो । उजुरी पश्चात् कास्किको विषेश टोलिले उनलाइ पक्राउ गरेको हो । सरिताले खाली चेक दिँदै ठगी गरेको उजुरी परेको थियो भने केही लाई सापटी मागेको पैसा पनि फिर्ता नगरेको उनले स्वीकार गरेकी छन् । पोखराका जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुनथापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आफुहरु सरीताबाट ठगिएको जिप्रका कास्कीमा उजुरी दिएका थिए । तर पछिल्ले समायमा पिडितहरु झन थपीदै गएका थिए उनले लागभग ५० जनालाई उनले ठगेको प्रहरीले बताएको छ ।

लेखनाथमा बुढीबजारमाकी नीरा सुनार पनि सरीतासँग १९ लाख रुपैयाँ फँसेको भन्दै प्रहरीको उजुरी दिएकी थिईन् ।
त्यस्तै एक करोड ७० लाख ठगिएकि दिलमाया पुन घडेरी बेच्ने योजनाको क्रममा भेटेकी थिईन । रानासँग विस्तारै सरीता दिलमायाको घरमा आउन जान सुरु गरिन् । सवस्तारै सम्बन्ध बढाएर थोरैथोरै पैसा सापटी मागेर फिर्ता गदै गर्दा । रानाले एनआइसी एसियाको १ करोड ७० लाख रुपैयाँ बराबरको चेक दिलमायालाई दिएकी थिइन् ।

लेखनाथकै देवी जिसी सरीतासँग ठगिएको भन्दै प्रहरीकहाँ पुगेकी छन् । ३ लाख लगेको र फिर्ता नगरेको उनको भनाइ छ ।
सरीताले फरकफरक व्यक्तिसँग ३ लाखदेखि १ करोड ७१ लाखसम्म ठगी गरेको आरोप लागको छ । पीडितहरुले जाहेरीमा उल्लेख गरे अनुसार २ करोड ४२ लाख रुपैया“ पुगेको थियो । उनले करोडौं रुपैयाँ ठगेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओम रानाले घटनाको छानबिन भइरहेको बताए । परिवार लण्डनमा छ भन्दै विभिन्न व्यक्तिलाइ ठगी गर्दै आइरहेको रहेछ,तर परिवार लण्डनमा रहेनछ, २ करोड ५० लाख पोखरामा ठगिएका छन ू एसपि रानाले भने । उनलाइ बैंकिङ्ग कसुर मुद्दा दर्ता गरिएको उनले बताए । उनले विभिन्न जिल्लामा करोडौं रुपैया ठगीगरेको पिडितहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्