ट्र्म्पद्वारा अवैध आप्रवासीलाई निस्कासन गर्ने चेतावनी



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्र्रम्पले यदि उनले सीमा पर्खाल निर्माणका लागि ५ अर्ब ६० करोड डलर पाउँदैन भने लाखौं अवैध आप्रवासीलाई निस्कासन गर्न ठुलो दबाव दिन सक्ने बताएका छन् । अमेरिकी सरकारको प्रशासनिक काम बन्दलाई लिएर डेमोक्र्याट माथि दबाव दिन उनको यो चेतावनी आएको हो ।

सीमा पर्खालका लागि बजेट छुट्याएकोमा सरकारी कोष विधेयक अनुमोदनमा डेमाक्र्याटसँग सहमतिमा पुग्न असफल भएपछि विगत ३० दिन देखि अमेरिकी प्रशासनिक काम आंशिक थप्प भइरहेको छ । नेन्सी पेलोसी र डेमोक्र्याटिक सिनेट नेता चक सुमरले अवरोध हटाउने उनको प्रस्तावलाई अस्विकार गरेपछि ट्र्रम्पको उक्त चेतावनी आएको हो ।

शनिबार टेलिभिजनबाट प्रत्यक्ष प्रसारित आफनो सम्बोधनमा ट्र्म्पले अमेरिका मेक्सिको सीमा पर्खालका लागि बजेटको बदलामा कागजात नभएका आप्रवासीहरुको सुरक्षा लम्ब्याउने प्रस्ताव अघि सारेका थिए ।

राष्टपतिले ७ लाख अवैध आप्रवासीको सुरक्षा प्रत्याभुतिको कुरा उठाएका थिए । तर डेमोक्र्याटले कार्यान्वयन हुन नसक्ने उल्लेख गर्दै ट्र्म्पको प्रस्तावलाई अस्विकार गरेका थिए । सरकारले सबै विभागको कामकाज शुरु गराउन पनि राष्टपतिसँग अपिल गरेका थिए ।

ह्वाइट हाउसबाट दिएको टेलिभिजन सम्बोधनमा अमेरिकामा बस्न आइरहेका ७ लाखलाई सुरक्षा प्रदान गर्ने बताएका थिए । उनीहरुलाई अमेरिकामा सपना लिएर आएका ड्र्मिर्स भन्ने गरिन्छ । साथै देशमा हिँसा र प्राकृतिक विपत्तीका कारण अमेरिका पलायन भएका ३ लाखलाई अस्थायी सुरक्षा दिने उनले बताएका थि ।

सम्बोधनमा ट्र्म्पले संसदसँग मद्दतका लागि ८० करोड डलर र बन्दरगाहमा लागु औषध पत्तालगाउन ८० करोड ५० लाख डलर दिन माग गरेका थिए । उनले कानुन कडा गर्न सीमा सुरक्षा बढाउने प्रस्ताव राखे । राहत दिनुले नागरिकहरुमा सरकारप्रति विश्वास बढ्ने र आप्रवासी सुधारको सुरुवात हुने उनले बताए ।

यसैबीच अमेरिकाका पुर्व राष्टपति जर्ज डब्ल्यु बुशले प्रशासनिक काम बन्दका कारण तलब नपाएका कर्मचारीलाई पिज्जा बाँधे । पिज्जा बाँधिरहेको आफ्नो तस्वीर इन्स्टाग्राममा सेयर गरेका छन् । शुक्रबार सेयर गरेको उक्त तस्वीरमा उनले लेखेका छन् , लारा बुश र म गुप्तचर सेवा लगायत हजारौं सधिय कर्मचारी प्रति आभारी छौं । यिनीहरु बिना पैसा काम गरिहेका छन् । हामी उनीहरुलाई धन्यबाद दिन चाहन्छौं, जसले कर्मचारीहरुलाई समर्थन गरेका छन् ।

अमेरिकी सरकार विगत ३० देखि शटडाउन हो । यो देशको इतिहासमा सबैभन्दा लामो हडताल हो । राष्ट्र्पति ट्र्म्पको तर्फबाट बजेटमा हस्ताक्षर नगरेको कारण ८ लाख भन्दा धेरै कर्मचारी बिना तलब बिदामा छन् ।

प्रतिक्रिया दिनुहोस्