भूकम्पबाट क्षतिग्रस्त १ सय २० विद्यालयको पुनर्निर्माण



नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा भूकम्पले क्षत विक्षत बनाएका एक सय २० विद्यालयको पुनःनिर्माण गरिएको छ । अधिकांस विद्यालय २०७२ वैशाख १२ गतेको भुकम्पपछि टहरामा पठनपाठन हुदै आएको थियो ।

शिक्षा विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन एकाई शिक्षाको सहकार्यमा विनासकारी भुकम्पले क्षति पु¥याएका एक सय २० विद्यालयको पुननिर्माण गरिएको हो । त्यस्ता एक सय २० विद्यालयको पुनःनिर्माण गरिएको शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय लमजुङका प्रमुख नारायण रेग्मीले बताउनु भएको छ ।

उहाँका अनुसार जिल्लामा भुकम्पले पुर्ण रुपमा क्षति पु¥याएका दई सय ७० वटा विद्यालयमध्ये १ सय २० वटा विद्यालयको पुनःनिर्माण गरिएको हो । भुकम्पले क्षति पु¥याएका विद्यालयको पुनःनिर्माण तथा आंशिक क्षति पु¥याएका अधिकांश विद्यालयको निर्माण तथा मर्मत गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लामा भुकम्पबाट क्षति भएका जिल्लाका २ सय ८५ विद्यालय मर्मत गरिएको छ ।

आर्थिक वर्ष ०७२÷७३ मा ७५ वटा विद्यालय दुई कोठे, तीन कोठे १३ वटा, चार कोठे नौ वटा विद्यालय पुनः निर्माण गर्ने कार्य गरिएको रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार ती भवन निर्माणका लागि १५ करोड ५४ लाख बजेट आएको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वयन एकाई (शिक्षा) बाट आ.व ०७३÷७४ मा दुई कोठे तीन, तीन कोठे तीन र चार कोठे दुईवटा विद्यालय पुनःनिर्माणका लागी दुई करोड ८३ लाख ५० हजार बजेट प्राप्त भएको रेग्मीको भनाई छ । उहाँका अनुसार आ.व ०७४÷७५ मा शिक्षा विभागबाट दुई कोठे २५ वटा, चार कोठे आठ वटा विद्यालय र केन्द्रीय आयोजना कार्यन्वयन एकाई शिक्षाबाट दुई कोठे ३ वटा, तीन काठे ३ वटा र चार कोठे दुईवटा विद्यालय पुनःनिर्माणको लागि दुई करोड ८३ लाख ५० हजार बजेट प्राप्त भएको थियो ।

उक्त बजेटबाट विद्यालयको पुनःनिर्माण तथा मर्मत गरिएको रेग्मीले बताए । आ.व ०७५÷७६ मा राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वयन एकाई (शिक्षा) बाट दुई कोठे १२ वटा, तीन काठे ३ र चार कोठे १४ विद्यालय निर्माणका लागी १० करोड २४ लाख रुपैया आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन एकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालय शिक्षा शाखाका इन्जिनियर दिपकराज कडेंलले बताउनु भयो । उहाँका अनुसार विद्यालय पुनःनिर्माणका लागि उक्त बजेट माघको पहिलो साताबाट काम सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्