पालुङटार लिगलिग महोत्सव हुने



गोरखा, (नेस)
द्रव्य शाह दौडिएर राजा भएको लिगलिगकोटको फेदी पालुङ्टारमा पहिलो ‘पालुङ्टार लिगलिग महोत्सव–२०७५’ हुने भएको छ । पालुङटारलाई ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजक गोरखा उद्योग वाणिज्य संघ, पालुङटार बजार एकाइका अध्यक्ष आशिष देवकोटाले जानकारी दिए । महोत्सव आगामी फागुन ३ गते देखि १२ गते सम्म चल्नेछ ।

पालुङटार नगरपालिका कार्यालय, गोरखा उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड पोखरा, आदिवासी जनजाति महासंघ नगर परिषद पालुङटारको सहयोगमा महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष देवकोटाले जानकारी दिए ।

महोत्सवस्थल प्रवेश गर्न विद्यार्थीका लागि ३० र अन्यले ५० रुपैयाँ तिर्नुपर्ने छ । ७० बर्ष कटेका वृद्धवृद्धालाई भने निशुल्क प्रवेश गराउने देवकोटाले बताए । मेला ब्यवस्थित गर्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरेर काम सुरु गर्न थालेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्