‘न्यूनतम पारिश्रमिक लागू हुन्छ’



;~rf/dGqL afF:sf]6f–pb3f6g ;~rf/ tyf ;”rgf k|ljlwdGqL uf]s’nk|;fb afF:sf]6f zlgaf/ g]kfn kqsf/ dxf;+3 eQmk’/ lhNnf zfvfsf] @! cfF} ;fwf/0f;efsf] pb3f6g ub}{ . tl:a/ M /d]z lu/L, eQmk’/, /f;;

नेपाल समाचारपत्र, भक्तपुर
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चार माध्यममा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताउनुभएको छ ।

उहाँले सो कुरा शनिबार नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१औ साधारणसभाको उद्घाटन गर्दै सम्बोधनका क्रममा बताउनुभएको हो । उहाँले श्रमजिवी पत्रकारहरु एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताउनुभएको छ ।

‘न्यूनतम पारिश्रमिक लागू भयो भने संचारमन्त्रीलाई कसरी सेकाउनुपर्छ भनेर बैठक बस्दै छ रे, मन्त्री बदलिएलान्, तर नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिदैन, जोसुकै मन्त्री भए पनि यो सरकारले श्रमजीवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छ’ – उहाँको भनाइ थियो ।

डा. गोविन्द केसीले आफ्नो मागविरुद्ध आफै अनशन बसेको टिप्पणी गर्दै उहाँले नेपालको मिडिया केसीले देखाएको बालहटको पछि लागेका आरोप लगाउनुभयो । उहाँले पत्रकारले राजनीति गर्ने हो कि, समाचार लेख्ने हो भन्दै पत्रकारहरुले आन्दोलनकारीको माग पूरा गर भन्नु गैरजिम्मेवारी भएको बताउनुभयो ।

सरकारले सबै क्षेत्रमा काम गरे पनि सरकारप्रति पूर्वाग्राही राखेर समाचार आउने गरेको टिप्पणी गर्दै उहाँले नेपालका मिडिया मालिकको चाहनाअनुसार चल्ने गरेको बताउनुभयो । मिडियाले पत्रकारिता नगरी सत्ता पक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेको टिप्पणी गर्दै उहाँले सरकारविरुद्ध षड्यन्त्रको अभ्यास धेरै दिन नटिक्ने विचार व्यक्त गर्नुभयो ।

महासंघले प्रकाशित गरेको स्मारिकाको विमोचनसमेत गर्दै मन्त्री बाँस्कोटाले आफू सरकारमा हुँदा केसीको माग पूरा नगर्ने अहिले माग पूरा गर्नुपर्छ भन्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले ठूला मिडिया सरकार विरुद्ध अपवाह फैलाएर बदनाम गराउन खोजेको आरोप लगाउनुभयो ।
पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिल र सूचना बिभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीलीप थापामागर, नेकपामा भक्तपुर अध्यक्ष बचन देउजा, नेपाली कांग्रेसका जिल्ला सभापति दूर्लभ थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले संचार माध्यमले निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा पत्रकार महासंघ भक्तपुरको भवन निर्माण गर्ने, श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने, साना संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन दोब्बर गर्दै समानुपातिक बिज्ञापन प्रणाली लागू गर्नुपर्ने लगायतका ८ बुँदे घोषणा पत्र जारी गरेको महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रममा सभापति पुष्करराज बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्