राजपा अध्यक्षमण्डलमा यादव



काठमांडौ, (नेस)
राजपा नेपालका संयोजक राजेन्द्र महतोले सरकारले संविंधान संशोधन नगरे सरकारविरुद्व पार्टी आन्दोलन गर्न बाध्य हुने बताउनुभएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा ‘बलिदानी दिवस’ मनाउने क्रममा संयोजक महतोले सो कुरा बताउनुभएको हो ।

उहाँले मधेश आन्दोलनकै कारण संघीयता आफ्नै घर आँगनमा देख्न पाएकोमा खुसी व्यक्त गदै संघीयतालाई कमजोर पार्न अहिले पनि सरकार लागिपरेको आरोप लगाउनुभयो ।

मधेशवादी दलहरुले प्रत्येक वर्ष माघ ५ गतेका दिनलाई वलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । २०६३ सालमा भएको पहिलो मधेश आन्दोलनको क्रममा माघ ५ गतेका दिन सिराहका रमेश महतोको गोली लागेर मृत्यु भएको दिनलाई सम्झना गर्दै वलिदान दिबस मनाउने गरेका छन् ।

यसैबीच चक्रीय प्रणलीअनुसार राजपा नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी आज ६ गतेदेखि महेन्द्र राय यादवलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्