सवारी दुर्घटनामा ६ जनाको मृत्यु



काठमाडौं ।
नवलपरासी (पूर्व), अछाम, सर्लाही, चितवन, दाङ र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका ७ स्थित सडकमा लु।१ ख ५६०४ नम्बरको बसले लु४२ प ८६८७ नम्बरको स्कुटरलाई शुक्रबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक सुनवल नगरपालिका ४ बस्ने २७ बर्षीय बिशाल गुरुङको कालीगण्डकी अस्पताल नवलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

अछाम, कमलबजार नगरपालिका १ स्थित सडकमा से४प ९१३८ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने दानबहादुर माझीको २ वर्षीया छोरी तुल्सी माझीलाई शुक्रबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि बयलपाटा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका(१२ स्थित पूर्वपश्चिम लोकमार्गको बाँके जंगलमा काठमाडौंबाट झापाको पशुपतिनगरतर्फ जाँदै गरेको ना ४ ख ९७५४ नम्बरको बिग्रिएर रोकी बनाउँदै गरेको बसलाई ना।५ ख ७१२९ नम्बरको ट्रकले शनिबार बिहान ठक्कर दिँदा बसमा सवार २ जना र ट्रकमा सवार १ जनाको च्याँपिएर मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ईलाम सुलुङबुलुङ नगरपालिका घर भएका २७ वर्षीय गोविन्द साङदेन, सुनसरी ईटहरी उपमहानगरपालिका(१६ बस्ने ३० वर्षीया बिनेता राई र ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका १९ ईनर्वा बस्ने ३५ वर्षीय रहिम मिया रहेका छन् । दुर्घटनामा घाइते भएका बसका चालक झापा अर्जुनधारा नगरपालिका(६ बस्ने ३५ वर्षीय राजेन्द्र खतिवडालाई शुभ स्वस्तिक अस्पताल बर्दिवास, बसका सहचालक उदयपुर कटारी नगरपालिका(१ बस्ने २२ वर्षीय दिपक अधिकारीलाई टेकसास अस्पताल लालबन्दी तथा नुवाकोट बिदुर नगरपालिका(१३ बस्ने ३५ वर्षीय दावा तामाङलाई उपचारको लागि बिएण्डबि अस्पताल ललितपुरतर्फ लगिएको छ ।

चितवन, भरतपुर महानगरपालिका(१ आँपटारीस्थित सडकमा ना।८ ख २२४९ नम्बरको ट्रकमा ना।८ प ५५६६ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक खैरहनी नगरपालिका(६ बस्ने अंदाजी ४५ बर्षीय सन्तोष नेपालीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।

फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दाङ, घोराही उपमहानगरपालिका(१६ कपासेस्थित सडकमा रा।१ ख १०९२ नम्बरको बसले शनिबार बिहान पैदलयात्री रुकुम भुमे गाउँपालिका(३ मरताङ बस्ने ४५ वर्षीया लालकुमारी सुनारलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, ब्रम्हपुरी गाउँपालिका(३ भेल्ही चोकमा बयलबाँसबाट त्रिभुवननगरतर्फ जाँदै गरेको ना।३ ख १९१२ नम्बरको बसले सोही स्थान बस्ने रामबाबु मुखिया विनको ८ वर्षीया छोरी सोनाली मुखिया विनलाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल मलगंवा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्