ज्ञान निकेतनको विजयी शुरूआत



नेपाल समाचारपत्र
काठमाडौं
आयोजक ज्ञान निकेतनले १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी शुरूआत गरेको छ।

शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले हिमालय ह्वाइटहाउस इन्टरनेसनल कलेजलाई ४२–३७ ले पराजित गर्यो। ज्ञान निकेतनको जितमा मनीष तामाङले २१ अंक योगदान गरे।

पहिलो क्वार्टरमा ८–५ को अग्रता बनाएको ज्ञान निकेतन दोस्रोमा १२–६ ले अगाडि रह्यो। ज्ञान निकेतन तेस्रोमा ७–११ ले पछि पर्यो भने चौथो तथा अन्तिम क्वार्टर १५–१५ को बराबरीमा सकियो। अन्य समूह चरणको खेलमा जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले जितका साथ यात्रा प्रारम्भ गरे।

अनिश महर्जनको १९ अंक सहयोगमा जेभियरले इन्साइट भिजनलाई ५५–२६ ले हरायो। चारै क्वार्टरमा अग्रता लिएको जेभियरले क्रमशः १८–७, २३–६, १६–८ र ८–५ अंक जोड्यो। टाइम्सले सेन्ट जेभियर्समाथि ५७–६ को सहज जित दर्ता गर्यो। टाइम्सका आयुश लिम्बूले ११ अंक जोडे। टाइम्सले पहिलोमा १९–४ र दोस्रोमा २१–० स्कोर गर्यो। बाँकी दुई क्वार्टरमा पनि अगाडि रहेको टाइम्सले ११–२ र ६–० को प्रदर्शन गर्यो। लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगितामा ११ टिम सहभागी छन्। फाइनल माघ १० गते हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्