देशभर गरुड पुराण



आज शुक्रबार देशभर गरुड पुराण रिलिज हुने भएको छ।

सुवास कोइरालाद्वारा निर्देशित फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गरेको संघर्षको रमाइलो कथा छ। माघ महिना विवाहको मौसम भएकाले र फिल्म बाजा बजाउनेको कथामा आधारित रहेकाले यसलाई माघमा रिलिजमा ल्याउन लागिएको निर्देशक कोइरालाले बताए।

फिल्मको म त पिरेममा बोलको गीत चर्चामा छ। निश्चल बस्नेतसहित यसका मुख्य कलाकारको नृत्य रहेको यो गीतमा कोशिस क्षत्रीको संगीत तथा कोशिस र मनीषा पोखरेलको स्वर छ।

फिल्ममा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन्। यस्तै कर्मा, लुनिभा तुलाधर, प्रवीण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन् भने प्रियंका सिंहले डेब्यु गरेकी छिन्। अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा कथा कसम नेपालको, पटकथा विनोद खतिवडा, अकाश बराल र सुवासको, संवाद आकाशको, कोरियोग्राफी रेनाशा बान्तवा राईको, छायांकन सुशन प्रजापतिको र सम्पादन उज्ज्वल ढकालको रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्