बिदेशमा भन्दा गाउँमै राम्राे कमाइ



नेपाल समाचारपत्र, बारा
बिदेशमा भन्दा आफनै गाउँमा राम्रो आम्दानी गरेर बाराको कलैया उपमहानगरपालिका ३ सिसहनीयका यृवाहरु उदाहरणीय बनेका छन ।

केही बर्षअघि विदेशमा काम गरेर फर्किएका दर्जन भन्दा बढी युवाहरुले इटा बनाउन प्र्रयोग हुने काठको फर्मा (साचो) बनाउने उद्योगमा काम गरेर उदाहरणीय आम्दानी लिन थालेका हुन । ‘विदेशको भन्दा पनि राम्र्रो आम्दानी छ, स्थानीय ३४ बर्षिया मेवालाल कानुले भने, काम गर्ने जागर हुनेले पैसा कमाउन अब विदेश जानै पर्दैन ।’

स्थानीय बाबुलाल साह तेलीले स्रंचालन गरेको फर्मा उद्योगमा मेवालाल सहित शोभीलाल कानु, राजकिशोर पटेल, सुदामा साह, राजन कुशवाहा र राकेश कानुले काम गर्दै आएका छन । त्यसैगरी सोही ठाउँमा रहेको प्रमोद फर्मा मिस्त्रीको उद्योगमा ८ जना यूवाहरु ईट्टाको फर्मा बनाउने काममा ब्यस्त रहेका छन् ।

उनीहरु बिहान घरबाटै खाना खाएर उद्योगमा आउछन र ८ देखि १० घण्टासम्म काम गरेपछि हजार रुपैयाँ लिएर साझ घर फर्कन्छन । उद्योगले मजदुरलाई प्रतिफर्माको १ सयदेखि १ सय २० रुपैयासम्म नगद ज्याला दिने गरेको छ । एकजना मजदुरले ८ देखि १० वटा फर्मा तयार पार्ने र प्र्रति व्यक्ति दैनिक एक हजार भन्दा बढी आम्दानी लिने गरेका छन ।

सिसहनीय र आसपासको क्षेत्रमा अहिले घरेलु उद्योग कार्यालयमा दर्ता भएका आधा दर्जन भन्दा बढी फर्मा उद्योग संचालनमा छन । यि उद्योगमा ४ दर्जन भन्दा बढी युवाले रोजगारी प्राप्त गर्दै आएका छन ।

विकास निर्माण र घर बनाउन आवश्यक पर्ने यहाँ तयार भएको इटा पर्ने बारा लगायत पर्सा, रौतहट, मकवानपुर, चितवन र गोर्खा जिल्लाका व्यवसायीहरुले गाउँ मै आएर खरिद गर्ने गरेको उद्योगी प्रमोद साहले बताए । फर्मा बनाउने मिस्त्रीको सँख्या न्यून तथा ईट्टा भठ्ठा चिमनी उद्योगको सँख्या दिनप्रतिदिन थपिदै गएकाले बजारमा यसको माग बढेको उनले बताए ।

साहका अनुसार व्यवसायीलेृ प्रति फर्मा ५ सय रुपैयामा खरिद गर्ने गरेको उनले जानकारी दिए । फर्मा उद्योगीले पनि राम्र्रो आम्दानी लिने गरेको बताइएको छ । सबै खर्च कटाएर एउटा फर्मामा १ सय रुपैयासम्म फाइदा हुने व्यवसायीहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्