सम्पदा निर्माणमा खरिद ऐन बाधक देखियो



-सुनील महर्जन, काठमाडौं
सार्वजनिक खरिद ऐन अनुसार विकास निर्माणका कामहरू ठेक्का प्रथाबाट गर्नुपर्ने नियम छ । तर, पुरातात्विक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको पुननिर्माणको काम ऐनअनुसार गर्दा तिनको मौलिकता र गुणस्तरीयतामा प्रश्न उठ्ने गरेका छन् ।

पाटनको राधाकृष्ण मन्दिर यसको एउटा ज्वलन्त उदाहरण बनेको छ ।मन्दिर निर्माणमै शुरुकै चरणमा ठकेदार नै गायब भएका थिए । बुंगमतीको मच्छिन्द्रनाथको मन्दिर, शंखमुलस्थित जगतनारायण मन्दिर, पाटन सुन्धारास्थित उमा महेश्वरको मन्दिर हाल ठेकदार मार्फत पुनःनिर्माण भइरहेको छ ।ती मन्दिरको पुनःनिर्माणमा प्रगति नभएको र कार्यको गुणस्तरमा प्रश्न उठेको पाइएको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

खरिद ऐन अनुसार टेण्डर गर्दा प्रायःजसो सबैभन्दा कम मूल्यमा ‘बिड’ गर्नुपर्ने हुन्छ ।यस्तो गर्नेले काम पाउने हुनाले गुणस्तरीय काम पनि नहुने तर्क उठ्ने गरेको छ । यस विषयमा मुखरित गर्दै आउनुभएका ललितपुर महानगरपालिका प्रमुख महर्जनले भन्नुभयो ‘बोलपत्र आहवान गरेर गराउ“दा लागत रकम भन्दा कम राख्नेले ठेक्का पाउ“छ । ‘त्यसमा भ्रष्टाचार हु“दैन भनेर कसरी भन्ने ? त्यो कार्य गुणस्तर हुन्छ भनेर कसरी हुन्छ ’ ।यसमा विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, पुनःनिर्माण प्राधिकरणमा पनि ध्यानाकर्षण गराइसकेको पनि उहा“ले बताउनुभयो ।

खरिद ऐन अनुसार टेण्डर गर्दा प्रायःजसो सबैभन्दा कम मूल्यमा ‘बिड’ गर्नुपर्ने हुन्छ । तर, पुरातात्विक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको पुननिर्माणको काम ऐनअनुसार गर्दा तिनको मौलिकता र गुणस्तरीयतामा प्रश्न उठ्ने गरेका छन् ।

सम्पदाको पुनःनिर्माण सामान्य विकास तथा पूर्वाधारका कामहरू जस्तो नभएकाले अमानतबाट गर्नुपर्ने सम्पदा क्षेत्रको संरक्षणमा लामो अनुभव बटुलिसक्नुभएका विज्ञ दिलेन्द्र श्रेष्ठको भनाई रहेको छ ।सम्पदा पुनःनिर्माण सडक, पुल वा कुनै व्यावसायिक भवन बनाएजस्तो हु“दैन । सम्पदा पुनःनिर्माण वा नवःनिर्माण अमानतबाट गर्नुपर्ने खा“चो छ।’ श्रेष्ठले भन्नुभयो ।
‘मन्दिर पुनःनिर्माणमा प्रयोग हुने मां अप्पा, दा“ची अप्पा (मन्दिर निर्माणमा प्रयोग हुने इ“टा) धुसी (एकप्रकारको काठ) सडक बनाउने ठेकदार थाहा होला त? ’ पक्कै थाहा हु“दैन । थाहा नहुनले मन्दिर बनाउ“दा कस्तो हुन्छ ?’

महानगरपालिका प्रमुख महर्जनले भन्नुभयो । भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणमा सो ऐन आकर्षित हुन नहुने पनि उहा“को भनाई रहेको छ ।
पुरातात्विक सम्पदा पुनःनिर्माणमा दक्ष कालीगढ देखि मौलिक कलाकृति, काठ, माटो, इ“टाजस्ता निर्माण सामग्रीको अभावले बेलाबखत समस्या देखिने गरेको काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक रोहित रञ्जितकारले जानकारी दिनुभयो । उहा“ले भन्नुभयो ‘ पाटन दरबार क्षेत्रमा सम्पदा पुनःनिर्माणमा सरकारले सहयोग गर्न चाहेर पनि आर्थिक सहयोग लिन सकेको छैन । किनभने सरकारी पैसा लिन टेण्डरमा जानुपर्ने प्रावधान छ ।’

सम्पदा संरक्षणका सम्बन्धमा सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई हालसम्म पनि उपयुक्त रुपमा सम्वोधन हुने गरी संशोधन नहुदा अप्ठेरो भइरहेको पनि उहा“को भनाई रहेको छ ।
काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार सम्पदा संरक्षणमा जो कोही ठेकेदार कम्पनीको प्रवेशले सम्पदा निर्माणमा असर परेको बताउनुभयो । ‘यसले गर्दा काष्ठमण्डप अमानतमा बनाउने निर्णय अनुरुप पुनःनिर्माणको तयारी भइरहेको छ ।’ प्रदेश नं ३ का सांसद् समेत रहनुभएका अध्यक्ष शाक्यले भन्नुभयो ।

‘सम्पदा पुनःनिर्माणमा सार्वजनिक खरिद ऐन बाधक रहेकाले बहसहरु भइरहेको छ, यसमा संशोधन गर्नुपर्ने खा“चो देख्नुहुन्न र’ भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताउनुभएको छ । पाटन दरबार क्षेत्रको बुधबार अवलोकनपछि उहा“ले भन्नुभयो ’सम्पदा पुनःनिर्माणमा ऐन, नियम बाधक बन्नुहु“दैन । सम्पदा पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राखेको छु । पुनःनिर्माण कार्यलाई तीब्र गतिमा अघि बढाउनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा विद्यमान ऐन, कानून बाधक बन्न नहुने पनि बताउनुभयो । यसैबीच काठमाडौं महानगरपालिकाको संयोजनमा भूगोल पार्कमा भएको एक समारोहमा गृहमन्त्री रामबहादुर थापाले भूकम्पबाट हुने धनजनको क्षति हुन नदिन सरकारले कानुनी र प्राविधिक दुवै पक्षलाई सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

भूकम्प लगायतका प्राकृतिक विपत्तिबाट धनजनको क्षति हुन नदिन संघ, प्रदेश र स्थानीय सरकार प्रतिवद्ध रहेको गृहमन्त्री थापाको भनाई छ । त्यस अवसरमा गृहमन्त्री थापाले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका भवनहरुको पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिने पनि बताउनुभयो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पबाट जनधनको क्षति नहुने गरी भवनहरुको निर्माण गर्न सन्देश दिने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस मनाइएको बताउनुभयो । उहा“ले भूकम्पबाट पुनः क्षति व्यहोर्नु नपरोस भनेर महानगरपालिकाले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि अभियाननै संचालन गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्