रिडीमा माघे सक्रान्ती मेला श्रद्धालुहरुको घुँईचो



अनिल खत्री, गुल्मी । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा मागे सक्रान्ती मेलाको अबसरमा श्रद्धालु भत्तजनको घुँइचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे सक्रान्तीको अबसरमा रिडी स्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेल अबलोकन गर्नेहरुको बिहानै देखि घुँइचो लागेको छ ।

माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो ।

चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे सक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्द छ । माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पुराहुनेसँगै सन्तोष नहुने भक्तजनहरुको भनाई रहेको छ । यो दिन रिडी क्षेत्रमा तिथी श्राद्ध गर्नेहरुको भिडभाड लाग्ने गर्दछ ।

गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ ।

यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।

सक्रान्तिको अबसरमा रिडीमा लाग्ने ठूलो मेला ५ दिनसम्म चल्ने छ । रुरु स्थित रुरु फ्रेण्ड क्लव,रुरु गाउँपालिका लागयत तिन जिल्लाका बिभिन्न संघ संस्थाले यस क्षेत्रमा लाग्ने मेलाको आयोजना तथा व्यवस्थित रुपमा कार्यक्रमहरु गर्दै आएका छन् ।

मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिदै आएको छ । माघे संक्रान्तिको अवशर पारेर पाँचदिनसम्म संचालनहुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।

व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् । मेलामा बिबिध साँस्कृतिक कार्यक्रम समेत गरिदै आएको छ । माघे सक्रान्ति मेला सक्रान्ति देखि तीनदिन सम्म संचालनहुने भएपनि पछिल्ला बर्षहरुमा साँस्कृतिक कार्यक्रमका कारण पाँचदिन सम्म चल्छ । रिडीमा लागेको मेलासँगै बिभिन्न सामाग्री बिक्रीका लागि १ सय ३० वटा स्टल निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्