मालपोतकै ‘ढ्डामा’ किर्ते



नेपाल समाचारपत्र, काभ्रे
जग्गाको मुल्य आकाशिदै गएपछि अपारधिक घटना तिब्र हुन थालेका छन् । दाजुभाई, बाबु छोरा तथा आफन्तका नाममा रहेका जग्गाहरुलाई ब्यक्तिगत बनाउन अनैतिक, अबैद्यानिक र ग्रैह्कानुनी कार्यहरु भईरहेका छन् ।
सेवाग्राही संग घुस नलिई कुनै पनि काम गर्न चासो नदिने मालपोत कार्यालयका कर्मचारीहरु जग्गा दलालहरुको काम भने रातारात गरेको समाचार पनि बारम्बार आइरहेको छ । मालपोत कार्यालयमा भइरहेको अनियमितता खोजि गर्ने क्रममा मालपोत कार्यालयमै रहेको ढडमा किर्ते गरी करोडौको जमिन आफ्नो नाममा पार्ने प्रयास भएको खुलासा भएको छ ।

केहि घटनामा संलग्न ब्यक्तिहरु पक्राउ पनि परे अझै त्यस्ता घटना भित्रभित्रै मिलाउने प्रपञ्च भईरहेको छ । धुलिखेल नगरपालिका साविक वडा नम्वर ९ साविक कित्ता नम्वर ६७ को क्षेत्रफल २ रोपनी ७ आना २ पैसा जग्गा उपभोगको क्रममा कित्ता नम्वर २००२ र २००३ समेतमा द्धारिकानाथ श्रेष्ठ घिनाङ्गजु आफैले भोग चलन गर्दै आएका थिए । उक्त जग्गाको मोहि धुलिखेल नगरपालिका वडा नम्वर ७ बस्ने दिनानाथ श्रेष्ठले पिता त्रैलोक्यनाथ श्रेष्ठ रहेको भनी मालपोत कार्यालय काभ्रेमा मोहि नामसारी गरी पाउँ भनी निवेदन दिएका थिए ।

उक्त निवेदनमा दिननाथले जोताहको ४ नम्वर अस्थायि निस्सा उपर सरकारी छाप दस्तखत किर्ते गरेका थिए । उनले पिताको नामको विवाद भएको भन्दा अलग्गै जग्गाको साविक १ नम्वर लगत, २ नम्वर अनुसुची र ४ नम्वर अस्थायी निस्सा समेत रहेकोमा ४ नम्वर निस्सालाई दुरुपयोग गरी निस्साको ज.ध महलमा द्धारिकानाथ घिनाङ्गजुका बाबु बद्रीनाथ घिनान्जुको नाम समेत थपी किर्ते गरेका थिए । दिननाथले उनकै बाबुको नामको अलग्गै निस्सालाई कित्ता नम्वर ६७ को मोहि हो भन्दै नक्कली कागजात तयार गरी दावि गरेका थिए ।

मोहि नै नभएको कित्ता नम्वर ६७ को जग्गाको मोहि विजन ।।१ रहेको साविक जग्गाको श्रेस्ताबाट स्पष्ट खुलेको छ । दिननाथले उल्लेख गरेको जग्गा ।।२ माना विजन भएको जग्गा र कित्ता नम्वर ६७, ९(क) को जग्गा अलग अलग हो ।
दिननाथले २०२३ सालमा आफु १० वर्षको हुँदा कसले किर्ते ग¥यो जानकारी नभएको बयान दिएका छन् । उनका बाबु त्रिलाक्यनाथको २०६१÷२०६२ सालमा निधन भए पश्चात पनि उक्त जग्गा आफैले भोगचलन गर्दै आएको दावी गरेका थिए । उक्त जग्गाका धनी बद्रीनाथ घिनान्जु रहेकोमा उनको मृत्यु भए पश्चात उनकै जेठो छोरा हालका जग्गा धनी स्वर्गिय मनोहरनाथ श्रेष्ठको श्रीमती सिता श्रेष्ठ घिनाङ्गजु र बद्रनाथको कान्छो छोरा द्धारिकानाथ घिनाङ्गजु रहेको बयान दिएका छन् । भूमिसुधार ४ नम्वर फाराममा जोताहा अस्थायी निस्साको महल ३ मा आफ्नो लेखिएको शब्द सच्चाएर अरुको बनाएको, महल ४ मा अधिया शब्द थपेको र महल ६ मा ब्रिजमाया विजु बद्रीनाथ छिनाङ भन्ने शब्द तथा अक्षरहरु किर्ते गरिएको छ ।

मालपोत कार्यालयका तत्कालिन समयका कर्मचारीहरुको मिलेमत्तोमा मात्रै यो सच्याउन सम्भव छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले दिननाथ श्रेष्ठले मुलुकी फौजदारी कार्यविधी संहिता ऐन २०७४ को दफा ६८ बमोजिम ५० हजार धरौटीमा राखी मुद्दालाई पुर्पक्ष बनाईएको छ । उनलाई प्रहरीले पक्राउ गरी सरकारी छाप दस्तखत किर्तेमा मुद्दा दर्ता गरेको थियो । किर्ते÷जालसाज मुद्दामा उनलाई धरौटी सहितको तारेखमा राख्ने आदेश पौष ५ गते भएको थियो ।

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल पञ्चायत वडा नम्वर ७ बस्ने त्रिलोकनाथ श्रेष्ठको नाममा भूमिसुधार ४ नम्वर फारामको जगावाला बद्रीनाथ छिनाङको नाममा जग्गा विजन ।।२ दुई मानाको साविक धुलिखेल वडा नम्वर ९ क कित्ता नम्वर ६७ भिडी बद्रिनाथ घिनाङको नाममा श्रेस्ता कायम भएको धुलिखेल वडा नम्वर ४ बस्ने बद्रिनाथ घिनाङको वडा नम्वर ९ का कित्ता नम्वर ६७ को मालपोत कार्यालयको २०५३ माघ १२ गतेको निर्णय पर्चा बमोजिम कित्ता नम्वर ६७ को जग्गा बद्रिनाथ घिनाङजुबाट नामसारी भई मनहरलाल श्रेष्ठ घिनाङजुको नाममा गई रन ४९१८ ख ०६७÷१२÷२३ का अव लेकि नम्वर ६७ कित्ताकाट भई वडा नम्वर ९ क २००२ सिता श्रेष्ठ घिनाङजु, कित्ता नम्वर २००३ द्धारिकानाथ श्रेष्ठ, कित्ता नम्वर २००४ नेपाल सरकारका नाममा रहेको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्