ग्यारेजबाट सामान चोरी गर्ने ५ जना पक्राउ



भक्तपुर,(नेस) । भक्तपुरको एक ग्यारेजबाट सामानहरु चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।भक्तपुर प्रहरीले गत पुस २२ गते भक्तपुर नगरपालिका–२ ईटापास्थित रोशन गाईजुले संचालन गरेको सगरमाथा वडी विल्डरको ग्यारेजमा बडी बनाउनका लागि राखेको दुगड कम्पनीको नयाँ निसान गाडीको डिस सहितको ४ वटा पछाडिका टायर चोरी गर्ने ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले प्रयोग गर्ने गरेको बा २ ख ३७४७ नं। को बस, र १३ थान टायर सहित सुर्यबिनायक नगरपालिका ९ पलासेका मधु महत, मकवानपुर मनहरी गाउँपालिका ५ घर भई हाल जिल्ला काठमाडौं थानकोट बस्ने सुनिल आले, काभ्रे बेथानचोक गाउँपालिका घर भई हाल जिल्ला ललितपुर जाउलाखेल बस्ने गोबिन्द तामाङ, रामेछाप मन्थली नगरपालिका ९ घर भई हाल जिल्ला लगनखेल बस्ने लुङ्गेली मगर र काभ्रे रोसी गाउँपालिका ८ बस्ने सुरेश बोहरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताउनु भयो ।

उनीहरु भक्तपुरका अन्य क्षेत्रमा समेत चोरी गर्ने खुल्न आएकोले थप अनुसन्धान भईरहको समेत एसपी श्रेष्ठले बताउनु भयो ।यसैगरी भक्तपुर प्रहरीले अबैध घरेलु मदिरा रकच्चा पदार्थ करिब १५०० लिटर नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्