अन्तत क्यानाडाद्वारा साउदी युवतीको उद्धार



टोरोन्टो,(एजेन्सी)
मुश्लिम धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले कुवेतबाट भागेकी साउदी युवतीलाई अन्तत आइतवार क्यानडाले शरण दिएको छ । उनी निर्धक्कसंग हाँसीहाँसी क्यानडा पुगेकी छिन् ।

क्यानडा पुग्दा क्यानडा लेखिएको खैरो हुक र युएनएचसीआर अर्थात संयुक्त राष्ट्र संघको शरणार्थी मामिला सम्बन्धी उच्च आयोग अंकित क्याप लगाएको उनको तस्बिर विभिन्न सचार माध्यमले सार्वजनिक गरेका छन् । अठार वर्षिया
राहफ मोहम्मद अल कूनन यसअघि बैंककको उडान मार्फत अष्ट्रेलिया भाग्ने कोसिसमा रहेकी थिइन् । तर बैंककको विमानस्थलमा फसेपछि उनलाई थाइ अधिकारीहरुले सुरुमा उनको परिवारले कुरिरहेको कुवेतमा फिर्ता पठाइने बताइएका थिए ।

उनले आफ्नो परिवार भएठाउँ कुनै पनि हालतमा नफर्कने अडान लिँदै आफूलाई विमानस्थलकै एउटा होटलको कोठामा थुनिन् । तर उनले निरन्तर सामाजिक संजालमा तस्वीर समेत राखेर आफ्नो स्थितीबारे जानकारी दिइरहेकी थिइन् । जसको कारण उनको यस समस्या माथिे अन्तरराष्ट्रिय जगतको ध्यान आकर्षण हुन पुगेको थियो। उनले यदि आफुलाइ परिवार समक्ष जिम्मा लगाइएको खण्डमा आफ्नो हत्या हुनसकने बताएकीथिइन् ।

साउदी अरेबियामा इस्लामे धर्म त्याग्नेलाई मृत्युदण्डको प्रावधान रहेको छ । ।
उनले आफुले स्वतन्त्र पुर्वक काम गर्न र पढ्नका लागि गन्तव्यको रुपमा अष्ट्रेलियालाई चुनेको बताएकी थिइन् । संयुक्त राष्ट्र संघको शरणार्थी निकायले उनलाई सहयोग गर्न औपचारिक आब्हान गरेपछि क्यानाडाले उनको उद्धार गरेको हो ।

क्यानडाकी विदेश मन्त्री क्रिस्टिया फ्रिल्यान्डले ती किशोरीलाई ‘निकै साहसी नयाँ क्यानाडेली’को संज्ञा दिएकी छिन् । उनका अनुसार अल–कुनन आफ्ना लामो यात्रापछि निकै थाकेका कारण कुनै सार्वजनिक बयान दिनसक्ने अवस्थामा नरहेको जानकारी पनि दिएकीहुन् ।

प्रतिक्रिया दिनुहोस्