भावी निर्वाचनमा क्यास्ट्रोलाई पूर्वराष्ट्रपति ओबामाको समर्थन



वासिंगटन,(एजेन्सी)
संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन् । बाराकको कार्यकालमा मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो यदि निर्वाचित भएकमा अमेरिकाको पहिलो स्पेनी भाषी राष्ट्रपति समेत हुनसक्ने अनुमान गरिएको छ ।

सान एन्टोनियोको ऐतिहासिक ग्वाडालुप प्लाजामा उपस्थित आफ्ना समर्थमकहरुको ठूलो भिडका बीचमा ४४ वर्षीय क्यास्ट्रोले भनेका छन् , ‘म अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहन्छु ।’ आफैं पनि मेक्सिकोबाट अमेरिका आएको परिवारका सदस्य रहेका क्यास्ट्रोले आफ्नो मन्तव्यमा आप्रवासीहरुको परम्परा तथा मर्मका बारेमा धाराप्रवाह बोलेका थिए ।
सन् २०२० मा हुने राष्ट्रपतिमा उम्मेदवार हुन चाहनेहरुले नाम घोषणा गर्नेक्रम शुरु भइसकेको छ । यसैबीच डेमोक्राटिक पार्टीबाट दर्जनौं नेताले आ–आफनो उम्मेदवारी घोषणा गरिसकेका छन् । देशमा आप्रवास र सीमा सुरक्षाका विषयमा गरमा गरम बहशहरु चलिरहेका बेला विविधतालाई ख्याल गर्नुपर्ने क्यास्ट्रो पक्षधरको भनाइ रहेको छ ।

पुनिसंगको वार्ता नलुकाएको ट्रम्पको दावी

डेमोक्रेटिक पार्टीमा उदयमान ताराका रुपमा पनि चिनिने क्यास्ट्रो तत्कालिन समयमा ओबामा मन्त्रिपरिषद्को सबैभन्दा कान्छो सदस्य समेत रहेका थिए । आगामी निर्वाचनमा राष्ट्रपतिको अर्का उम्मेदवार वर्तमान रिपब्लिकन राष्ट्रपति स्वयम डोनाल्ड ट्रम्प नै हुने देखिएकाले क्यास्ट्रोले ट्रम्पलाई चुनौती दिन सजिलो हुने दाबी राजनिितक विशलेषकहरुको रहेको छ ।


ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने मुख्य एजेण्डा बनाएकाले पनि मेक्सिकोबाट आएका क्यास्ट्रो उनका लागि गतिलो प्रतिस्पर्धी हुने ठानिएको हो तर, डेमोक्रेटिक पार्टीको ‘प्राइमरी’मा पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन, बर्नी स्यान्डर्स तथा कमला ह्यारिस र अर्बपति व्यापारी माइकल ब्लूमबर्ग पनि प्रतिस्पर्धामा उत्रिने भएक छन् । यसैबीच हवाई राज्यका तुल्सी गब्बार्डले पनि चुनावी प्रतिस्पर्धामा भाग लिने बताइसकेकी छन् ।

ट्रम्पले संकटकाल घोषणा नगर्ने

यसैबीच ट्रम्पले अमेरिकी संघिय कार्यालयहरु आंशिक रुपमा बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने आइतवार बताएका छन् ।

विगत २३ दिनदेखि बजेट अभावमा धेरैवटा अमेरिकी संघिय कार्यालयहरु बन्द रहँदै आएका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न माग गरेको करिब ६ अर्ब अमेरिकी डलर बजेट संसदले पारित नगरे बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आएका हुन् ।

तर अमेरिकी तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्रेट पार्टीले पर्खाल निर्माणका लागि राष्ट्रपतिले माग गरेको रकम कुनैपनि हालतमा पारित गर्न नसक्ने बताएको थियो । डेमोक्रेटहरुले पर्खाल निर्माणको कार्य अनुत्पादक र खर्चिलो भन्दै मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुबाट अमेरिकाको आन्तरिक सुरक्षा मामिलामा कुनै खतरा नरहेको दाबी समेत गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले भने मध्य अमेरिकी मुलुकबाट अमेरिका प्रवेश गरेका आप्रवासीका कारण अमेरिकाको आन्तरिक सुरक्षामा ठूलो खतरा रहेको वीचार व्यक्त गरेका छन् । उनले मध्य अमेरिकाबाट लागूऔषध भित्रिएको, हत्याहिंसा बढेको, सामाजिक विकृति र विसंगति बढेको आरोप लगाउँदै आएका छन् ।
आपतकालीन स्थिति घोषणा गरी बजेट छुट्याउन किन ढिलाई गरेको भनी फक्स न्यूजले राखेको जिज्ञासामा राष्ट्रपति ट्रम्पले भनेका छन् , ‘ म विपक्षी डेमोक्रेटिक पार्टीका विधायकहरुलाई अझै केही समय दिन चाहन्छु । मेरो विचारमा तिनीहरुले अवश्य जिम्मेवारीतापुर्वक निर्णय लिनेछन् ।’

अमेरिकामा संघिय कार्यालयहरु बजेट अभावको कारण यति लामो समयसम्म बन्द भएको इतिहासमै यो पहिलो घटना हो । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा सन् १९९५–९६ मा २१ दिनसम्म अमेरिकी संघिय कार्यालयहरु बन्द रहन पुगेका थिए ।

राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्ताव ठीक रहेको भन्दै शनिबार पटक पटक ट्वीट गरेका थिए । दक्षिणी सीमामा जारी ठूलो मानवीय स)कट अन्त्य गर्न पनि बजेट आवश्यक रहेको उनको भनाइ रहेको छ । राष्ट्रपति भवन ह्वाइट हाउसमा शुक्रबार भएको एक बैठकमा राष्ट्रपति ट्रम्पले यदि डेमोक्रेटले बजेट पारित नगर्ने हो भने आफुले राष्ट्रिय संकटकाल घोषणा गर्ने चेतावनी दिएका थिए ।

भ्लादिमिर पुटिनसंगको कुरा नलुकाएको दावी
यस्तैगरी राष्ट्रपति ट्रम्पले आफुले रुसी समकक्षी भ्लादिमिर पुटिनसंगको वार्ताको विस्तृत विवरण नलुकाएको स्पष्ट पारेका छन् । अमेरिकी अखवार वासिंगटन पोष्टले सन् २०१७ मा कमितमा एकपटक ट्रम्पले पुटिनसंगको वार्ता पछि आफ्नो दोभाषेको हातबाट नोटकपि लिएर गएको भन्ने आरोप लगाए लगत्तै ट्रम्पले सो प्रतिक्रया दिएका हुन् ।

गत वर्ष हेलेन्सिकीमा पुटिनसंग ट्रम्पले गरेको एकल वार्ताको पनि कुनै अभिलेख नभएको बताइएको छ । सन् २०१६ मा अमेरिकाको राष्ट्रपतिय चुनाव पुर्वको ट्रम्पको रसियासंगको सम्बन्धबारे अहिले पनि संघिय अनुसनधान जारी रहेको छ । संघिय अनुसनधान ब्युरो( एफबिआइ ) का पुर्व प्रमुख रोवर्ट म्युलरको नेतृत्वमा भइरहेको सो अनुसनधानले ट्रम्पलाई चुनाव जिताउनमा ट्रम्पको चुनाव अभियान टोलि रस सरकारबीच कतै अवैध गठनधन त छैन भन्ने पत्ता लगाउन खोजिरहेको छ ।

यसै साताको शुरुमा दि न्युयोर्क टाइम्सले सन् २०१७ मा एफबिआइएका निर्देशक जेम्स कोमीलाई वर्खास्त गरे यता ट्रम्पले गोप्य रुपमा रसियासंग मिलेर काम गरिरहेको त छ्रैनन् भन्नेबारे विशेष अनुसनधान शुरु गरेको तथ्य सार्वजनिक गरेको थियो । सन् २०१६ मा अमेरिकी गुप्तचर निकायहरुले चुनावमा ट्रम्पलाई अघि बढाउन र उनका प्रत्याशाी हिलारी क्लिन्टनलाई क्षति पु¥याउन रसियाले साइवर आक्रमण गरेको तथा सामाजिक संजालमा नक्कली खवरहरु राखेको निर्याय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्