लम्जुङमा भूकम्प



काठमाडौं (नेस) ।
आइतवार अपरान्ह्र लम्जुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । अपराह्न ४ बजेर १ मिनेटमा ३ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

लमजुङको सिम्पानी केन्द्रबिन्दु भएर सो क्षमताको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सानो क्षमताको भूकम्प भएपनि सदरमुकाम बेंसीशहरमा छोटो अवधिमा कडा झड्का महसुुस भएको थियो भने जिल्लाको बाहुनडाँडादेखि सुन्दरबजार नगरपालिकासम्म हल्का धक्का महसुुस भएको बताइएको छ ।

यसअघि गत बुधवार साँझ ७ बजेर ४९ मिनेटमा पनि बेंसीशहर आसपास केन्द्रबिन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको थियो । केन्द्रले ४ रेक्टर र सो भन्दा माथिका भूकम्पका धक्का मात्रै आम सर्वसाधारणका लागि सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्