नेपाल बहुउद्देशीय सहकारी संघको छैठौँ वार्षिक सधारणसभा सम्पन्न



नेपल समाचारपत्र, ललितपुर ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको छैठौ वार्षािक साधारण सभा सम्पन्न भएको छ । पुर्व मन्त्री एवं नेपाली काग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाले देशको आर्थिक सम्वृद्धीको लागि सहकारीहरुले गरेको योगदानको चर्चा गर्नुभयो ।

उहाँले देशको आर्थिक विकासमा सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्दै यस्लाई थप व्यवस्थित गर्न आवश्यक बताउनुभयो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न सभामा उहाले देशभर संचालित बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुले २ खर्ब भन्दा बढीको निक्षेप परिचालन सोही बरबरको कर्जा लगानी गरेको जानकारी दिनुभयो ।

उहाँले २५ ‘अर्ब भन्दा बढीको पूँजी परिचालन भएको बहुउद्धेश्यीय सहकारी संघ संस्थाको दिर्घकालिन विकास गर्न संस्थागत सुशासन अपरिहार्य महसुस गरी हामीले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि लगेको जानकारी दिनुभयो । उहाले भन्नुभयो– ‘संघ संचालनमा प्रभावकारिता ल्याउन आवश्यकता अनुसार विभिन्न किसिमका विनियमावलीहरु तथा कार्य विधिहरु तयार गरी लागु गरेका छौ ।

अध्यक्ष भण्डारीले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो । उहाले संघको २०७५–२०७९९चार वर्षिय० रणनितिक योजना सार्वजनिक गर्नुभएको थियो । “सदस्यहरुको हकहित, संरक्षण, प्रर्बद्घन र सशक्तिकरणको लागि बहुउद्धेश्यीय सहकारी संघसंस्थाहरुलाई संगठित र नेतृत्वदायी भूमिका निर्वाह गर्दै बिभिन्न सेवाहरु प्रदान गर्ने” लक्ष्य रणनितिमा उल्लेख छ ।

रणनितिक योजना अन्तर्गत सहकारी सदस्यता अभियान, पुजी, वचत ऋण कारोबार तथा लगानीमा वृद्धी, सेवा प्रवाह–परामर्श, तालिम, सफ्टवेयर, कागजात सेवाहरुमा अभिबृद्घि, मानव स्रोत व्यवस्थापन तथा अभिवृद्धी, पुर्वाधार विकास, संस्थागत शुसासन, सुचना प्रविधि र राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारी कार्यक्रम रहेका छन् ।

साधारण सभामा सांसद एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले मुलकमा सहकारीले गरेको योगदानले देशमा आर्थिक संमृद्धी भएको बताउनुभयो । उहाले संघले गरेको कार्यको प्रशसा गर्नुभएको थियो । सभामा पुर्वमन्त्री एवं प्रदेश–३ सांसद राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय सहकारी बैक लिमिटेडका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय योजना आयोग तथा व्यवस्थापन विज्ञ जनक शाह, भुमी व्यवस्था, सहकारी तथा गरिबी निकारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, ग्लोबल सदस्य एवं अन्तराष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल,सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सभामा प्रमुख अतिथि खाँडले ‘गुड गभर्नेन्स इन कोअपरेटिभ अफ नेपाल’ विषयमा विद्यावारिधी गर्नुहुने प्रोएड बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष डा।द्रोणलाल पुरी र ‘क्रेडिट रिक्स म्यानेजममेन्ट इन नेपाली कर्पोरेटिभ सोसाइटी’ विषयमा विद्यावारिधी गर्नुहुने नेपाल मचेन्ट कोअपरेटिभका प्रबन्ध निर्देशक डा ज्ञानेन्द्र पौडेललाई सम्मान गर्नुभएको थियो । सोही सभामा सहकारी बैकका नवनिर्वाचित अध्यक्ष उप्रेती र संचालकलाई सम्मान गरिएको थियो ।

संघले साधारणसभामा आर्थिक वर्ष २०७५÷०७६ को योजना सार्वजनिक गरेको थियो । सदस्यता बृद्धि गर्ने ,मुलुकभर संचालित बहुृउद्देश्यीय सहकारी संघ÷संस्थाहरुको वास्तविक तथ्याङ्क संकलन गर्ने, प्रारम्भिक सहकारी संघ/संस्थाहरु, विषयगत जिल्ला संघहरु र प्रदेश संघहरुको लागि केन्द्रीय संघ मार्फत व्यवस्थापकीय क्षमता अभिबृद्धि गर्न तथा सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गर्न सरकार लगायत सरोकारवाला निकायसंग प्रस्ताव पेश गरि अनुदान माग गर्ने रहेका छन् ।

प्रारम्भिक सहकारी संस्थाहरुलाई एक आपसमा समायोजन (मर्ज) गर्न प्रोत्साहन गर्ने , प्रत्येक जिल्लामा जिल्ला स्तरीय संघ गठन गर्न विशेष पहल गर्ने ,७ वटै प्रदेशमा प्रदेश संघ गठन गर्ने, विशिष्टिकृत संघ गठन गरी मेघा परियोजनाहरु संचालन गर्ने ,सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कार्यविधि तयार गर्न बहुउद्देश्यीय सहकारी सस्थाहरुलाई सहयोग गर्ने , अर्थ, भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी विभागले जारी गर्ने निर्देशनहरुको परिमार्जन गर्न पहल गर्ने , सम्पत्ति शुद्धिकरण निर्देशिका २०७५ शंसोधन गर्न पहल गर्ने लगायतका योजना सार्वजनिक गरिएको थियो ।

तीन वर्ष अघि स्थापित नेपाल बहुउद्धेश्यीय सहकारी संघ अन्तर्गत १२ संघ २ सय ४७ संस्था आवद्ध छन् । संघ अन्तर्गत ३६ जिल्लामा जिल्ला कार्यालय रहेका छन् । संघले २०७५ भदौ १ गते काठमाडौंको न्युरोडमा सदस्य सुविधा काउण्टर संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्