कालिञ्चोकमा ह्वात्तै पर्यटक बढे



चिरञ्जीवी मास्के, दोलखा
प्रसिद्ध कालिञ्चोक मन्दिरमा शुक्रबार र शनिबार पर्यटकको घुइँचो लागेको छ । बिहीबार हिमपात भएपछि शुक्रबार र शनिबार कालिञ्चोकमा यस वर्षकै बढी पर्यटक आएको स्थानिय सुनपाती होटलका सञ्चालक हरि ओलीले बताउनुभयो ।

शुक्रवार होटलका सबै कोठा भरिएपछि स्टोर कोठामा समेत पाहुना राखेँे ओलीले भन्नुभयो । कतिपय पर्यटक कालिञ्चोकको चौरमा आगो बालेरसमेत बसेको ओलीको भनाइ छ । काठमाडौंका व्यवसायीले कालिञ्चोकका होटल व्यवसायीसँग सम्पकनै नगरी होटल बुक गरेको भनेर पर्यटक पठाउने गरेकाले पनि समस्या भएको ओली बताउनुभयो ।

कालिञ्चोकको प्रस्थान विन्दु कुरीमा ३५ सय पर्यटक अट्न सक्ने क्षमताको होटल भए पनि शुक्रबार चार हजारभन्दा बढी पर्यटक मन्दिर पुगेकाले कतिपयलाई बस्नको लागि सदरमुकाम चरिकोट नै फर्काउनु परेको स्थानीय टसिदेले होटलका प्रबन्धक सोनाम शेर्पाले बताउनुभयो ।

धार्मिक एवं पर्यटकीय महŒवको कालिञ्चोकमा केही वर्षदेखि फिल्मको सुटिङसमेत हुन थालेको र कालिञ्चोक केबुलकार समेत सञ्चालनमा आएकाले पर्यटक बढेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।

कालिञ्चोकको कुरीमा साना ठँला गरी ४० वटा होटल रहेका छन् । सबै होटलमा गरी झण्डै ३५ सय मानिस अट्न सक्छन् । शुक्रबार सदरमुकाम चरिकोटमा रहेका होटलसमेत भरिएका छन् । कालिञ्चोकमा ठाउँ नभएर फर्किएका धेरै पर्यटक चरिकोटमा बसेको शुभेच्छा होटलका सञ्चालक चन्द्र लामाले बताउनुभयो । बाटोको समस्याका कारण धेरै समयदेखि पर्यटक आगमनमा कमि भइरहेको बेला शुक्रबार चरिकोटको समेत अधिकांश होटल भरिएको लामाको भनाइ छ ।

३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निक्कै महŒवपँर्ण मानिन्छ । कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो । किम्वदन्तीअनुसार जलकुण्डबाट दाहिनेतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ । कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान भएको जनविश्वास रहँदै आएको छ । कालिञ्चोक क्षेत्रमा भेडागोठ रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुंगा चाट्ने गरेर जलकुण्ड देखिएको किम्वदन्ती समेत प्रचलनमा रहेको छ ।

कालिञ्चोकको दर्शन ग¥यो भने मागेको कुरा पँरा हुने, रोग व्याधी नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा वृद्धि हुने जनविश्वाससमेत रहँदै आएको छ । कालिञ्चोक मन्दिरमा दशैं, जनै पँर्णिमा जस्ता पर्वमा मेला समेत लाग्ने गरेको छ । करिब एक सय मिटरको सेरोफेरोमा रहेको कालिञ्चोक मन्दिरको टापुमा मेलाको समयमा हजारांै मानिस अटाउने विशेषता रहेको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

काठमाडौंबाट १३३ किलोमिटरको दँरीमा रहेको दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमिटर कच्ची बाटोको यात्रा तय गरेपछि कालिञ्चोकको कुरी पुग्न सकिन्छ । कुरीबाट करिब ४५ मिनेटको पैदल यात्रापछि कालिञ्चोक मन्दिर पुगिन्छ । अहिले कुरीबाट कालिञ्चोक केवलकार सञ्चालनमा आएकाले पर्यटकलाई थप सहज भएको छ ।

कालिञ्चोकमा रहेका होटलले डिलक्स कोठाको ६ हजारसम्म र अन्य कोठाको एक हजार देखि १५ सय रुपियाँसम्म लिने गरेका छन् । खाना सादा दुई सय र मासुसहितको तीन सय ५० देखि चार सय रुपियाँसम्म लिने गरेको स्थानीय होटल व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्