सीआईआईको पार्टनरसिप सम्मेलनमा भाग लिन नेपाली टोली प्रस्थान



काठमाडौं, (नेस)
उद्योग, वाणिज्य तथा आपँर्तिमन्त्री मातृकाप्रसाद यादवको नेतृत्वमा भारतको कन्फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिज (सीआईआई) द्वारा आयोजित २५औं संस्करणको पार्टनरसिप सम्मेलन २०१९ मा भाग लिन नेपाल उद्योग परिसंघको अध्यक्ष हरिभक्त शर्मासहितको टोली शुक्रबार भारतको मुम्बई प्रस्थान गरेको छ ।

मुम्बइमा १२–१३ जनवरीसम्म आयोजना हुने सो कार्यक्रम भारतीय सरकारको औद्योगिक नीति तथा प्रवद्र्धन विभाग र महाराष्ट्र प्रान्तीय सरकारसँगको सहकार्यमा आयोजित सो सम्मेलनको विषयवस्तु नयाँ समझदारीको विकासबाट नयाँ लगानीका अवसर पहिचान गर्नु रहेको छ ।

प्लेनरी सेसन,देशगत सेसन, बीटँबी मिटिङमा समेत परिसंघको प्रतिनिधिमण्डलले भाग लिने कार्यक्रम रहेको छ । नवीकरणीय ऊर्जा, नवीनतम् प्रयोग कृषि तथा खाद्य प्रशोधन, स्वास्थ्य सेवा, पर्यटन, डिजिटल प्रविधि लगानी प्रवद्र्धन आदि विषयमा विषयगत छलफल र बहस हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्