सुनचाँदीसम्बन्धी मापदण्ड बनाउन माग



नेपाल समाचारपत्र, ललितपुर
सुनचाँदी व्यवसायीले आफँहरुले भोग्नुपरिरहेको समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपँर्तिमन्त्री मातृकाप्रसाद यादवको ध्यानाकर्षण गराएका छन् ।
ललितपुर सुनचाँदी व्यवसायी संघको २५औं वार्षिक साधारणसभा एवम् रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा व्यवसायीहरुले मन्त्री यादवको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायीहरुले भोग्नुपरिरहेको कच्चा पदार्थको अभाव, अनुगमनको नामा हुने राज्य आतंक, गुणस्तरको प्रश्नलगायत समस्या समाधान गर्न सुनचाँदी व्यवसायलाई सञ्चालन गर्ने ऐन, कानुनको खाँचो औल्याउनुभयो ।

‘रोजगारी सिर्जना, सरकारलाई राजस्व तिर्न व्यवसायीले पु¥याएको योगदानलाई कदर गर्दै अहिलेसम्म एउटा मापदण्ड बन्न नसक्नु उदेक लाग्दो रहेको छ ।’ उपाध्यक्ष माणिकरत्न शाक्यले भन्नुभयो ।

शान्ति सुरक्षा, अनुगमनको नाममा राज्य आतंक, सुन तस्करीले व्यवसाय नै थला पर्ने अवस्था भएको पनि उहाँको भनाइ रहेको छ ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का संयोजक दिनेश श्रेष्ठले सरकारले विकास र समृद्धिको कुरा गरे पनि त्यस अनुरुप व्यवसाय फस्टाउने वातावरण तयार नगरेको बताउनुभयो ।

ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्राचार्यले चोरी, लुटपाटको शिकार नै सुनचाँदी व्यवसायी हुने गरेको बताउँदै व्यवसायीहरुले सुरक्षित, आत्मसम्मान र स्वतन्त्रतापँर्वक व्यवसाय गरी पाउने अधिकार प्रत्याभँत गर्न माग गर्नुभयो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानुराज शाक्य, पँर्वउपाध्यक्ष तेजरत्न शाक्य, संघका महासचिव सुविन बज्रचार्य लगायतले समृद्धि हासिल गर्न व्यवसायीले भोग्नुपरिरहेको समस्या समाधान पँर्वशत रहेकोमा केन्द्रित गर्दै आ–आफ्नो धारणा राख्नुभयो ।

व्यवसायीहरुले राखेको समस्यालाई सम्बोधन गर्दै मन्त्री यादवले सुनचाँदी व्यवसायीहरुले भोग्नुपरिरहेको समस्या समाधान गर्न सरकार गम्भीर भएर लाग्ने बताउनुभएको छ ।

सुनचाँदी व्यवसाय नेपालको मौलिक र परम्परागत व्यवसाय भएकाले यसमा आईपरेको समस्या समाधान गर्न सरकार व्यवसायीहरुसंग छलफल गरेर अघि बढ्न तयार रहेको पनि मन्त्री यादवको भनाइ छ ।

‘सबै व्यवसायी खराब छन् वा सबै असल छन् भन्ने होइन । व्यवसायी पनि कोही खराब र असल होलान् ।’ व्यवसायीहरुको हकहित, मर्काप्रति म संवेदनशील हुने छु ।’ मन्त्री यादवले भन्नुभयो । सुनचाँदी व्यवसायलाई सञ्चालन गर्ने ऐन, नियम बनाउन प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले मन्त्रालयमा आउन व्यवसायी सबैलाई आग्रह गर्नुभयो ।

सो अवसरमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसाल व्यवसायीहरुको भोग्नुपरिरहेको समस्यालाई सरकारको तर्फबाट सम्बोधन गराउन जनप्रतिनिधिहरुले सक्दो भँमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सुनचाँदी व्यवसायीको विकासमा यथासक्दो लाग्ने बताउनुभयो ।सो अवसरमा सुनचाँदी व्यवसायी संघको विकास र विस्तारमा विभिन्न विधाबाट योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्