तेस्रो लिंगीको आत्मकथा लोकार्पण



काठमाडौं, (नेस)
तेस्रो लिंगी भूमिका श्रेष्ठको पहिलो आत्मकथा राजधानीको कुन्ज थिएटरमा लोकार्पण भएको छ । एक समारोहबीच कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्वमिस नेपाल मल्भिका सुब्बाले सो कृतिको विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै लेखन कुञ्जका अध्यक्ष कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडीका रुपमा भूमिका श्रेष्ठको आत्मकथा आएको बताउनुभयो । उहाँले तेस्रो लिंगीलाई बुुझ्ने माध्यमका रुपमा यो किताब माइलस्टोन हुनेमा आशावादी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नीलहिरा समाजको अध्यक्ष पिंकी गुरुङले नेपालमा आफूहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा रोष व्यक्त गर्दै यो किताबका माध्यमबाट त्यो कुरा चिरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्