गाउँमै नागरिकता र स्वास्थ्य परीक्षण



दयाराम पण्डित, बाजुरा
खप्तड छेडेदह गाउँपालिकाका नागरकले गाउँमै नागरिकता र स्वास्थ्य सुबिधा पाएका छन् । समुकाम मार्तडी देखि करिव ज्ञड कोषको दुरि मा पर्ने उक्त गाउपालिकामा स्थानीय तहले गत सोमवार देखि बुधवार सम्म तिनदिने घुम्ति सिबिर सञ्चालन गरेपछि नागरिकले गाउँमै सुबिधा पाएको खप्तड छेडेदह गाउँपालिका कि उपाध्यक्ष कुन्त बुढाले जानकारी दिनु भएको छ ।

साविकको डोगडी गाविुमा सञ्चालन भएको सिविरवाट टढद्द जनाको स्वास्थ्य परिक्षण गरिएको थियो भने जस्मा चारसय६६ बढि महिला रहेको वताईको छ । त्यसैगरि छछढ जनाले नागरिकता प्राप्त गरेका छन् । जसमा तिनसय घछ महिला लाभाम्वित भएको उपाध्यक्ष बुढाले जानकारी दिनु भएको छ । सहायक प्रमुख जसल्ला अधिकारी खगेन्द्र वहादुर मल्लको नेतृत्वमा गएको टोलिले नागरिकाता लागायतको स्वास्थ्य सुविधा प्रदान गरेको हो ।

 ६९ वर्षीया एकल महिलाले पाइन् नगरिकता

सदरमुकाम मार्तडी पुगन् पैदल दुईदिन हिड्नुपर्छ सदरमुकामवाट नागरिकता लिन सामान्य हाम्रो पहुंचमा थिएन , नागरिकता लिन जांदा कम्तिमा पांच हजार रूपिया खर्च हुन्थ्यो ।मसंग सदरमुकाम मान्छे थिएनन् श्रीमान बिते पछि म एक्ली थिए बुढेसकालमा मार्तडी गएँ ।

नागरिकता लिने हैसियत मेरो थिएन। ६९रवर्षको उमेरमा गांउमा सित्तैमा नागरिकता पाएकोमा खुशी छु, डोगडी कि ६९ वर्षिया कृमुली बुढाले खुशी ब्यक्त गरिन् । ट । “नजिकमा अस्पताल छैन, स्वास्थ्य चौकिमा सामान्य उपचार हुन्थ्यो ,सिविर सञ्चालन भए पछि निशुल्का स्वास्थ्य परिक्षण भएको छ । गाउमै सिविर बसेपछि निसुल्क स्वास्थ्य जाँच गरिदिएको भन्नदै खप्तडछेडेदह ५ कि खप्तड क्छेडेदह गाउपालिका डागडीकी किडी शार्कीले खुशी ब्यक्त गर्नु भयो।
स्वास्थ्य कार्यालय प्रमुख डाक्टर रूपचन्द्र विक र डाक्टर टीका राई फिल्डमै गएर स्वास्थ्य परिक्षण गरेका थिए । अल्ट्रासाउन्ड, ईसिजी जनरल सेवा लगायतका उपचार गरेको वताईएको छ । कम्तिमा वर्षमा एकपटक यस्तो सिविर राख्नु पर्छ“ उपचार गराएर ञरफर्केका दल बहादु विकले भन्नू भयो साविकको डोगडी , कांडा, जयवागेश्वरी , गुदुखाती र आटीचौर गाविस मिेर गाउपालिका बनेको छ ।

सिबिर सञ्चालन खप्तड क्षेडेदह गाउपािलको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला अस्पताल बाजुराको प्राविधक सहयोगमा सञ्चालनभएको गाउपालिका अध्यक्ष नरवहादुर रावतले जानकारी गराउनु भयो । स्थानीय तह गठन पश्चात् अधिक्तम सेवा सुविधा गाउमै पाएता पनि नागरिकता लिन भने जिल्ला प्रशासन कार्यलयमा जानु पर्छ। स्तानीय तहमा प्रयाप्त जनशक्ती पनि छैन , नागरिक सुबिधामालागि जिल्लामा समन्वय गरि सिविर सञ्चालन गरेका छौ अध्यक्ष रावतले बताउनु भयो ।

बाजुराका हिमाली गाउपालिका विच्यावाट नागरिकता लिन चार दिन पैदल हिड्नु पर्छ त्यस्तै जगन्नाथ स्वामिकार्तिक , र गौमुल गाउपािलका वाट एक देखि दुई दिन पैदल हिडेर सदमुकामवाट नागरिकता लिन स्थानीय बाध्य छन् । मोटरवाटो नपुगेका तहमा वर्षमा एकपटक घुम्ति सिबिर मार्फत जनतालाई सेवाभाव पुर्याउनबा लागि आफु लागि परेको हिमालि गाँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्