नेपाल समाचारपत्रकर्मी महर्जन सम्मानित



नेपाल समाचारपत्र, ललितपुर
ललितपुर सुनचा“दी व्यवसायी संघले आफ्नो रजत जयन्तीको अवसरमा दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

नेपाल र नेपाली भाषाको पत्रकारिताबाट एक ÷ एक जना पत्रकारलाई सम्मान गरिएको हो । नेपाल भाषा टाईम्सका सम्पादक सुरेशकिरण मानन्धर र नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जन लाई सम्मान गरिएको थियो ।
सुनचा“दी व्यवसायीहरुले स्वतन्त्रता र सुरक्षित वातावरणमा इमान्दारीपूर्वक व्यवसाय गर्ने पाउने हकको पक्षमा पत्रकारिता मार्फत पु¥याएको योगदानलाई कदर गर्दै पत्रकारद्वयलाई सम्मान गरिएको संघले जनाएको छ ।

सानेपामा आयोजित एक समारोहकाबीच संघका अध्यक्ष किरणभाई बज्राचार्यले खादा ओढाई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पत्रकारद्वय महर्जन र मानन्धरलाई चार तोलाको चा“दी मुद्रा अंिकत सम्मान पत्र प्रदान गर्नुभयो ।

सो अवसरमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसाल, प्रदेश नं ३ का सांसद् राजकाजी महर्जन, शोभा शाक्य, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, पूर्व मुख्य सचिव तीर्थमान शाक्य, ललितपुर उद्योग वाणिज्य संघ प्रदेश नं ३ संयोजक दिनेश श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका वडा नं १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य लगायत सुनचा“दी व्यवसायी, उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्