समाचार टीप्पणीः जलवायु सम्मेलनमा जे देखियो…



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका ज्यामिरेस्थित गुफाडाँडामा राष्ट्रिय महत्वको जलवायु सम्मेलन सम्पन्न भयो । ७१ वटा जिल्ला समन्वय समितिका सभापति–उपसभापतिदेखि सांसद, मन्त्री र राष्ट्रपतिकै गन्तव्य बन्यो गुफाडाँडा । जलवायु परिवर्तनको असर न्यूनिकरण र अनुकुलनका लागि दश बुँदे घोषणापत्र नै जारी गर्दै गुफाडाँडा सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनीकरणमा राष्ट्रव्यापी शन्देश प्रवाह ग¥यो ।

गुफाडाँडाले पर्यटकीय गन्तव्यका रुपमा पहिचान उठायो, जिल्ला समन्वय समितिले पहिलो पटक राष्ट्रिय जलवायु सम्मेलनको व्यवस्थापन गरेर मुलुककै पहिलो जिसस बन्न पनि सफल भयो । तर भव्य रुपमा सम्पन्न राष्ट्रिय जलवायु सम्मेलनमा आयोजक र व्यवस्थापकका कमजोरी पनि उत्तिकै रहे ।

सवारी आउजाउ–धुलाम्य गाउँ
सम्मेलनमा सहभागी हुन आएका जिल्ला समन्वय समितिका प्रमुखका सवारी साधनको लस्कर लाग्दा मेलम्ची उँभोको गाउँबस्तिमा छुट्टै रौनकता छाएको देखिन्थ्यो । गाउँमै साना सवारी साधनका लर्को लाग्दा सडक आसपासका स्थानीय आँगनको डीलबाट हेरिरहेका देखिन्थे । तर सवारीको लर्को लाग्दा बस्तिमाथि छारो धुलोको मुस्लो उडिरहेको थियो । सडक हुँदै यात्रा गर्ने पैदल यात्रुहरु धुलाम्य हुँदै नाकमुख छोपेर कष्टकर यात्रा गरिरहेका देखिन्थे । सडकछेउका कतिपय स्थानीय त घरको काम छाडेरै सडकमा पानी हालिरहेका पनि देखिए ।

राष्ट्रपति देख्न नपाउँदाको दुखेसो
गुफाडाँडामा राष्ट्रपतिको सवारी हुने भनिएपछि स्थानीय सर्वसाधारण विहानैदेखि गुफाडाँडामा पुगे । तर राष्ट्रपतिको मुख हेर्ने रहरमा आएका सर्वसाधारण राष्ट्रपतिलाई नदेखेरै फर्कीए । हेलिकप्टरमा सवारी हुनुअघि सम्मेलन उद्घाटनस्थल भन्दा ३ सय मीटर तल नै सूरक्षा व्यवस्था कडाइ गरिएपछि जनताले राष्ट्रपति देखेनन् । र निरास हुँदै घर फर्कीए उनीहरु । ‘गाउँमै राष्ट्रपति आउँदा हामीले देख्न पाएनौं’, सम्मेलनस्थल भन्दा तलको मुल गेटमा भेटिएकी एक महिला भन्दैथिईन्, –‘महिला नै राष्ट्रपति भएर के गर्नु, हामी महिलाहरुले नै मुख हेर्न नपाउने रहेछौं ।’

उद्घाटन नै नगरी मन्त्रीलाई बोलाउँदा. . . 
राष्ट्रपति विद्यादेवी भण्डारीको आगमन भइसकेपछि आसनग्रहणको क्रम चल्यो केहि समय । त्यसपछि जिल्ला समन्वय समिति महासंघका प्रवक्ता एवम भक्तपुर जिससका सभापतिले स्वागत भाषण गरे । कार्यक्रमको औपचारीक उद्घाटन नै नभइ ३ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाललाई सम्वोधनका लागि बोलाइएपछि राष्ट्रपछि भण्डारी, मन्त्री शक्ति बस्नेत र लालबाबु पण्डित कार्यक्रम संचालक जिसस प्रमुख कृष्णगोपाल तामाङप्रति नजर पु¥याइरहेका देखिन्थे । सम्मेलनमा सहभागि प्रतिनीधिहरुले उद्घाटन् खोई ? भनेर आवाज उठाएपछि जिसस प्रमुख झस्किए, र माफी माग्दै कार्यक्रम उद्घाटनलाई जोडे ।

क्रसरका नाम जप्दै जलवायु परिवर्तनका असरका कुरा !
जलवायु परिवर्तनका असर न्यूनिकरणका सवालमा सिंगो देश छलफलमा जुटिरहँदा क्रसर उद्योगका नाम बारम्बार जपियो । उद्घाटनसत्रमा कार्यक्रम संचालक एवम जिसस प्रमुख कृष्णगोपाल तामाङले पटक पटक क्रसर व्यवसायीका नाम लिए । सम्मेलनका लागि सहयोग गरेको भन्दै क्रसर व्यवसायी संघलाई प्रशंसापत्र नै प्रदान गरियो । राष्ट्रपति स्वयंले सम्बोधनका क्रममा नदि दोहन राक्नुपर्ने भनिरहँदा आयोजक र व्यवस्थापकले बारम्बार क्रसरका नाम जप्दा सम्मेलनमा सहभागी विभिन्न जिल्लाका प्रतिनीधिहरु कानेखुसी गरिरहेका देखिन्थे । ‘सम्मेलन त क्रसरले नै थेगेको रहेछ नि !’, एक प्रतिनीधि भन्दैथिए ।

सम्मेलनका लागि कस कसले कति आर्थिक, प्राविधिक सहयोग गरे भन्ने मूल व्यवस्थापक समितिले प्रतिवेदनमा उल्लेख गर्ने नै छ । तर जलवायु सम्मेलनमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च हावी मात्रै भएन, सम्मेलन नै उसैले आयोजना गरे झैं भान हुन्थ्यो । सम्म्ेलनको खानपान व्यवस्थापनदेखि कार्यक्रम व्यवस्थापनसम्ममा सिडिईसिएफ हावी देखियो । सम्मेलनमा सहयोग गरेका अन्य गैरसरकारी संस्थाका प्रतिनीधिहरु भने खिन्न देखिन्थे । ‘आयोजक जिसस महासंघ की सीडीइसीएफ भन्ने कन्फ्युज भयो’, नाम नखुलाउने शर्तमा एकजना गैससकर्मीले भने ।

राजनीतक ‘अ’ सन्तुलन
विश्वव्यापी बनिरहेको मुद्धामा आयोजित राष्ट्रिय सम्मेलनमा राजनीतिक सन्तुलन मिलाइएको देखिएन । सम्मेलन कम्युनिष्टमय बनेको चर्चा सम्मेलनस्थलमै सुनियो । नेकपाका केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटा, प्रस्तावित जिल्ला अध्यक्ष झम्क नेपाल, नेता सुवास कर्माचार्य लगायतका नेताहरु कार्यक्रम सम्पन्न गर्न दिलोज्यान दिएर लागेका थिए । कार्यक्रम उद्घाटनसत्र सम्पन्न भएपछि मात्र नेपाली कांग्रेसका जिल्ला सभापति विकास लामासहित काँगे्रसका नेताहरु सम्मेलनस्थलमा प्रवेश गरेका थिए ।

कार्यक्रम उद्घाटन सत्र सकिएपछि मात्रै सम्मेलनस्थलमा काँग्ैस नेताहरुको प्रवेश हुनुले आयोजक तथा व्यवस्थापक पक्षले राजनीतिक सन्तुलनका सवालमा ध्यान नदिएको संकेत गर्दछ । हुन त नेकपाकै केहि प्रभावशाली नेताहरुले सम्मेलनमा सहभागीता जनाएनन् । आयोजक र व्यवस्थापकले सरसल्लाह नै नगरेपछि केहि नेताहरु असन्तुष्ट देखिए । राष्ट्रिय जलवायु सम्मेलनलाई नेकपाका कतिपय नेताहरुले त ‘बेमौसमी बाजा’ को संज्ञा लिदए । ‘असहयोग होईन, एक्लै गर्छु भनेर लागेपछि गर्नुस भनेर छाडिदिएका हौं’, नेकपाका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्