सिटिजन्स बैंकको प्रादेशिक कार्यालय डिल्लीबजारमा



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नम्बर ३ को प्रादेशिक कार्यालय काठमाडौंको डिल्लीबजारमा स्थापना गरेको छ। उक्त कार्यालय बैंक सञ्चालक समितिका अध्यक्ष डा। शंकरप्रसाद शर्माले उद्घाटन गर्नु भएको छ।

प्रदेश नम्बर ३ अन्तर्गत बैंकका ३४ वटा शाखा ९काठमाडौं उपत्यकाभित्र २६ र उपत्यका बाहिर ८ वटा० बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ।

प्रदेश नम्बर ३ मा रहेका १४ जिल्लामध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ। यस प्रदेशमा बैंकले करिब २ लाख ६० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। प्रदेश नम्बर ३ मा बैंकले करिब ५७ अर्ब निक्षेप परिचालन गरी ४५ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको छ। यससँगै बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्