तामाकोशीको शेयर आइतबारदेखि किनबेच हुने



नेपाल समाचारपत्र, काठमाडौं
स्वदेशी लगानीमा निर्माणधीन सबैभन्दा ठूलो ४५६ मगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ।

आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १० करोड ५९ लाख कित्ता शेयर नेप्सेमा बिहीबार सूचीकरण भएको हो। सूचीकरणसँगै आइतबारबाट धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। यद्यपि, स्थानीयबासीको शेयर भने आगामी दिन वर्षमा बिक्री गर्न पाइने छैन। बुधबार लगानीकर्ताको डिम्याट खातामा शेयर गए पनि कारोबार नभएका कारण मूल्य अंकित भएको छैन। अपर तामाकोशी हाइड्रोपावर कम्पनी नेप्सेमा सबैभन्दा धेरै लगानीकर्ता रहेको कम्पनी दरिएको छ। यस कम्पनीमा करिब ८ लाख शेयर सदस्य रहेका छन्।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा १ दशमलव ४८ अंकले बढेर १ हजार १ सय ८० दशमलव ८४ को बिन्दूमा बन्द भएको छ।
यस दिन कुल १ सय ६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर खरिदबिक्री हुँदा ३६ करोड ६३ लाख २४ हजार १६४ रुपियाँको कारोबार भएको छ।

बिहीबार सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडकोे कारोबार भएको छ। बैंकको ११ करोड ६३ लाख ९८ हजार रुपियाँबराबरको शेयर कारोबार भएको छ। यस दिन सर्वाधिक कमाउनेमा सानिमा इक्विटी फण्डका लगानीकर्ताहरु रहेका छन्। यस कम्पनीको शेयर मूल्यमा ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ। सर्वाधिक गुमाउनेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु रहेका छन्। यस कम्पनीको शेयर मूल्यमा ५ दशमलव १० प्रतिशतले घटेको छ।

बिहीबार कारोबारमा आएका ११ वटा समूहमध्ये ७ वटा समूह बढेका छन् भने बाँकी ४ वटा समूहरु घटेका छन्। नेप्सेमका अनुसार होटल समूहको एक दशमलव ७८, विकास बैंक समूहको छ दशमलव छ, जलविद्युत् समूहको दुई दशमलव ३५ र उत्पादन समूहको पाँच दशमलव ८२ विन्दूले घटेको छ।

यस्तै बैंकिङ समूह एक दशमलव ५८, व्यापार समूह दुई दशमलव ५३, वित्त समूह दुई दशमलव ५२, निर्जीवन बीमा समूह २२ दशमलव १७, अन्य समूह एक दशमलव १९, लघुवित्त समूह पाँच दशमलव सात र जीवन बीमा समूह पाँच दशमलव ९६ विन्दुले बढेको छ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ अंकले बढेर २ सय ५० दशमलव ६५ को बिन्दुमा पुगेर बन्द भएको छ।

 

प्रतिक्रिया दिनुहोस्