प्रभु बैंकले मास्टर कार्ड ल्यायो



काठमाडौं, (नेस)
प्रभु बैंकले पीबीएल मास्टर कार्ड स्ट्यान्डर्ड डोमेस्टिक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। मास्टर कार्डसँगको सहकार्यमा सुरक्षित डेविट कार्ड ल्याइएको बैंकले जनाएको छ। बैंकका ग्राहकहरुलाई सुरक्षित र भरपर्दो तरिकाले विभिन्न स्थानमा भुक्तानी गर्न मिल्ने गरी उक्त कार्ड ल्याइएको हो।

मास्टरकार्ड टेक्नोलोजी कम्पनीसँगको सहकार्यमा प्रभु बैंकले उक्त कार्ड बजारमा ल्याएको हो। मास्टरकार्ड टेक्नोलोजीले विश्वभरका वित्तीय संघसंस्था, व्यापारी, सरकारी तथा व्यावसायिक संस्थाहरुसँग आबद्ध भई २१० भन्दा बढी देशमा सुरक्षित भुक्तानी गरिरहेको छ।

ग्राहकलाई डिजिटल कारोबारका लागि मास्टरकार्डले थप सहजता प्रदान गर्ने बैंकको दाबी छ। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ग्राहकको कारोबारलाई यसले फराकिलो बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयोे। कार्यक्रममा मास्टरकार्डका तर्फबाट दक्षिण एसियाका डिभिजन प्रमुख पोरुस सिंह उपस्थित थिए।

 

प्रतिक्रिया दिनुहोस्