सांसदको हातमा पुगेको कुचोले जनस्वास्थ्य र वातावरणमा सुधार ल्याउला त ?



भगवती तिमल्सिना, काठमाडौं ।
नेताहरुले चुनाव जितेपछि जनताको माझमा फर्केरै आएनन् भन्ने बिषयलाई मनन गरेरै होला जनस्वास्थ्यसँग जोडिएका बिषयलाई लिएर बिहीबार विहानै ३ नं प्रदेशका सांसदद्वय दिपेन्द्र श्रेष्ठ र गणेश दुलाल खरेटो बोकेर नयाँबानेश्वर चोक नजिकैको छक्कु बक्कु भगवती मन्दीरमा पुगे । यो दृश्यले स्थानिय बासिन्दा मात्र हैन आसपासमा रहेका व्यक्ति तथा बटुवा समेत अचम्मित भए ।

चुनावमा घरदैलो कार्यक्रममा समेत पूर्व जानकारी गराएर मात्र आउने नेताहरु एकाएक मन्दिर सरसफाईमा उत्रिनुले सबैलाई चकित बनाउँनु स्वभाविकै थियो । कुचो नेताको हातामा मात्र थिएन प्रहरी—समुदाय साझेदारी कार्यक्रम अन्तर्गत महानगरको १० नं वडास्थित सामुदायीक प्रहरी सेवा लाखेचौरको पहलमा महानगरीय प्रही वृत्त नयाँबानेश्वरद्धारा आयोजित सरसफाई कार्यक्रममा सहभागी हुन सांसदद्वय श्रेष्ठ र दुलाल त्यहाँ पुगेका रहेछन् ।

सांसदद्वयका साथै वृत्त तथा महानगरीय प्रहरी प्रभाग बुद्धनगर, सामुदायीक प्रहरी सेवाका प्रहरीका साथै सामुदायीक सेवा केन्द्रका पदाधिकारीहरु, काठमाडौं महानगरपालिका १० नं वडा कार्यालय अन्तर्गतका स्वास्थ्य स्वय्मसेविकाहरु पनि सो सरसफाई कार्यक्रममा सहभागी थिए । जनस्वास्थ्यलाई ध्यानमा राखेरनै होला मन्दिरका साथै छेवैमा रहेको छक्कुबक्कु पार्कको पनि उक्त समूहले पनि सरसफाई गरेको थियो । सरसफाईले मन्दिर परिसर र पार्क सफा हुँदा यस क्षेत्रका बासिन्दामा धुलोबाट हुने स्वास्थ्य समस्यामा कमी हुने कुरामा स्थानिय बासिन्द दंग देखिन्थे ।

सांसद श्रेष्ठले चुनावमा मात्र हैन जनताको साथ सदासर्वदा चाहिने हुनाले समुदायलाई फाइदा हुने सबै खालका, स्वास्थ्य, शिक्षा, सरसफाई, सामाजिक कार्यमा आफ्नो सहभागिता रहने बताउनुभयो ।

आफ्नो घर, आँगन तथा भान्छबाट निस्कने फोहोर होस या सडकमा हिड्दै गर्दा पानी पियास लागेर पानी किनेर खाएको बोतल, पार्कमा बस्दा खाजा खाएका प्लाष्टि, चाउचाउका खोल, बिष्कुटका कागज स्वयम व्यक्तिले व्यवस्थित गर्नुपर्ने हो । यीनै कार्यबाट अधिकांस सडक आवपास र मन्दीर परिसरमा फोहोरको थुप्रो बढ्दै जानाले रुघा, खोकी, हैजाका साथ दीर्घ रोगी र बालबालिकाहरुलाई नराम्रो असर पार्दै आएको छ । यतिमात्र नर्भ वातावरणीय प्रदुषणमा सडक सुधार, ढल, खानेपानीको पाईप विच्छ्याउने र सडक विस्तार तथा सुधारका नाममा गरिएका कार्यले ठूलो भूमिका खेलेको छ ।

यी कार्यलाई सुधार नगर्दा देशकै स्वास्थ्य तथा वातावरणीय साख गुम्ने डरले गृह मन्त्रालयले गत कातिक महिनादेखि अघि सारेको प्रहरी—समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम पनि एउटा कार्यक्रम भएको र आफ्नो टोलछिमेक सफा गर्नु सम्वन्धित टोलवासीको दायीत्व भएको सन्देश दिन सरसफाई कार्यक्रम आयोजना गरिएको महानगरीय प्रही वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताउँनुभयो ।

सामुदायीक प्रहरी सेवाका प्रहरी लाखेचौरका इन्चार्ज प्रहरी हवल्दार तारा दयालले सामुदायीक प्रहरीले महानगरको १० नं वडामा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँनुभयो । काम सकारात्मक हो तर स्थानिय स्तरबाट अर्थात घरघरबाट सकृयता जुटाउने दिगो वातावरण सृजना गर्नुचै प्रशसनीय हुने स्थानिय बासिन्दाहरुको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्