नङ्जा र ललिता फाईनलमा



 

नेपाल समाचारपत्र, काठमाडौं
नेपालका नङ्जा बुढामगर र ललिता महर्जनले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगिताको फाईनल भिड्न्त पक्का गरेका छन् ।

बुधवार भएको ४८ केजी तौलको सेमिफाईनलमा बुढामगरले भारतकी दिपीकालाई अंकको आधारमा ४–१ ले हराईन् । महर्जनले भुटानकी तान्जीङ लामालाई अंककै आधारमा ३–२ ले हराउदै फाईनलमा प्रवेस गरिन् । महिला ५१ केजीमा नेपालकी माला राई, ५४ केजीमा नेपालकै निसा तामाङ र ६० केजीमा नेपालकै संगिता सुनारले फाईनल यात्रा तय गरेका छन् ।

बोसीगाँउमा भएको प्रतियोगिताको पुरुष स्पर्धामा नेपालले बचश्व जमायो । ४९ केजीमा नेपालका तेजवहादुर देउवा र प्रदिप महर्जन फाईनलमा पुगे । ५२ केजीमा नेपालका प्रेम चौधरी र भारतका सचिनले फाईनल भिड्न्त पक्का गरे । ५६ केजीमा नेपालका बिमल रोका र पुरन राई फाईनल प्रवेस गरे ।

६० केजीमा नेपालका एकवहादुर घले र भुटानका निमा दोर्जी फाईनल पुगे । ६४ केजीमा नेपालका भुपेन्द्र थापामगर र भुटानका दोर्जी वाङ्जेली उपाधि नजिक पुगेका छन् । ६९ केजीमा नेपालका बिकास लामा र बिष्णुप्रसाद घले र ७५ केजीमा नेपालका दिपक श्रेष्ठ र भारतका रवि सुनारले फाईनल भिड्न्त पक्का गरे । दुई दिने प्रतियोगिताका स्वर्ण बिजेताले १५ हजार, रजत बिजेताले १० हजार तथा काँस्य बिजेताले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्