दलभित्रका छुद्रेश्वरहरु



-बालकृष्ण मैनाली
देशमा दलीय राजनीतिले वर्चश्व कायम गर्न खोज्नासाथ समय र परिस्थितिजन्य अवस्था अनुसार विविध विशेषताहरुले सुशोभित हुँदैजानु देशको नियति वन्न पुगेको छ । बहुदलीय व्यवस्था असफल हुनाका कारणहरु भनेर एउटा महत्वपूर्ण कारणहरुमध्ये दलीय स्वार्थ हावि भएको भनी महत्वपूर्ण विशेषता झुण्ड्याइएको थियो नेपाल परिचय भन्ने कितावमा । त्यति वेला आईए पढ्दा यो विषयलाइ अति महत्वका साथ पढाइने गरिन्थ्यो भने प्रत्येक परिक्षामा यो प्रश्न अनिवार्य सोधिन्थ्यो । यस सम्बन्धि प्रश्न साच्चै भन्ने हो भने परिक्षा हुनु एक वर्ष अघिनै आउट भयो भन्दा फरक पर्दैनथ्यो । प्रायः राजनीतिमा सहभागी भैरहने विद्यार्थीहरुले यसलाई कण्ठै पारेका हुन्थे र सोधिने पाँचवटा प्रश्नहरुमध्ये त्यो एउटा अनिवार्य पर्ने भएकोले २० नम्बरमा १५ देखि १८ नम्वबरसम्म यो विषयमा प्राप्त गरिछाडथे । वहुदलीय व्यवस्था पुनरागमन नहोस भनेर त्यतिवेलाका शासकहरुद्वारा नजानिदो किसिमले चालिएको रणनीति थियो ।

पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलन पश्चात स्थापना भएको लोकतन्त्र, गणतन्त्र, जनतन्त्र जेसुकै नाम दिएर हाल भैरहेको सत्तासंचालनको प्रकृयालाई नजिकबाट नियाल्नेहरुले विविधखाले नयाँ नयाँ विशेषताहरुले भरिपुर्ण हुँदै गइरहेको अनुभूति गर्न थालेका छन् । वर्तमान व्यवस्थाका पछिल्ला महत्वपूर्ण विशेषताहरुमध्ये केही विशेषताहरु सार्वजनिक हुन पुगेका छन् । ति मध्ये पहिलो विशेषता आफनो घर हुँदाहुँदै पनि घर नभएको देखाई राज्यकोषबाट घरभाडा असुल्ने मन्त्रिहरु र संसदहरु अनि सम्बन्धित मन्त्रालय, वा विभाग वा सरकारी कार्यालयको कुपनबाट गाडिमा तेल पनि भर्ने र अनि तेल वापतको रकम बुझि खल्तीमा पनि हाल्ने जस्ता विशेषताले राम्रै चर्चा पायो । विकसित हुँदै गइरहेको यस्ता खाले विशेषताविरुद्ध कम्तीमा आफना मतदाताहरुको अभिमतलाई सम्मान गर्दे लाजले भुतुक्क हँुदै राजीनामा दिएर युवा पुस्ताहरुलाई स्थान छोडि राजनीतिबाट संन्यास लिएको घोषणा गर्छन होला भन्ने केही–केही जनको विश्वासचााहि थियो ।

यथार्थमा जनमतले त्यो कल्पना गर्ने नहुने विश्वास थियो । किनभने त्यस किसिमका आरोपितबाट विभुषित हुँदा आरोपितहरु कसैलाई पनि लज्जा ग्लानी भएको वोध भएन । ती आरोप लागेका समाचारहरु अरु जनको घरमा पुगेजस्तै आरोपितहरुको घरघरमा, डेराडेरामा, क्वाटर क्वाटरमा विहान सखारै नपुगेका चाँहि होइनन्, पुगेका थिए । तर विहानिको निन्द्रा नपुगेको वहानामा ति समाचारहरुको सिरानी बनाएर आरोपीहरुबाट सुत्ने काम भयो ।
वर्तमान व्यवस्थाको जनमतले अनुभूति गरेको दोस्रो विशेषता भनेको पूर्वराजा ज्ञानेन्द्र शाह नाचेका विषय पर्न गएको छ । पूर्वराजा ज्ञानेन्द्र कसैको कुनै उत्सवको सन्दर्भमा निम्तालु बनाइएका बेला त्यहाँ उपस्थित भए र कुनै पनि कारणले होस् नाच्ने विचारले पूर्वराजा ज्ञानेन्द्रलाई घर ग¥यो, उनी नाचिदिए । विडम्वना नै मान्नुपर्छ, पुर्वराजाको नाच वर्तमान सत्तासिनहरुलाई टाउको दुखाइको विषय वन्न पुग्यो । उनको सामान्य रमाइलोको लागि गरेको नाचले वर्तमान दलका नेतृत्वहरुमा छटपटाहटको सन्देश प्रवाह ग¥यो ।

अनि नाचकाविरुद्धमा नानीदेखि लागेको वानी भनेजस्तो आ–आफना विशेषता अनुसारका वाक्यहरु उनकाविरुद्ध ओक्लिन पुगे । सत्तासिन दलका नेताहरु प्रत्येक दिनजस्तो कुनै न कुनै भेला, समारोह, सम्मेलनमा नाच्दा, गाँउदा, उफ्रिदा, प्रसाद ग्रहण गर्दा, आशिर्वाद थाप्दा आदि जे गर्दा पनि त्यसको विरुद्धमा बोल्न पाउने अधिकार पूर्वराजाको हैसियतले हुँदाहुँदे पनि नेता महोदयहरु जनताद्वारा निर्वाचित भएकोले शासन व्यवस्थामा सुधार ल्याउछन् कि भनेर नबोली पर्ख र हेरकै अवस्था वसिरहेका पुर्वराजालाई वारम्वार खिज्याउने काम गर्दै आएका छन् दलका नेतृत्वहरुले । अब पूर्वराजाले नाच्दामात्र होईन, यो चिसो मौसममा रुघा लाग्दाखेरि नियमानुसार आउने हाच्छिउँ गर्दा पनि तर्सेर किन हाच्छिउँ गरिस् भनी पूर्वराजातिर औंलो ठडयाउन थाल्न थाले भने अचम्म नमाने हुन्छ भन्ने कुराको अव जनमतले विश्वास गर्न शुरुवात गरे भने उदेक मान्नुपर्ने अवस्था छैन ।

पूर्वराजाबाट भएको पोखरा भ्रमणले पनि सञ्चारको बजारमा राम्रै चर्चा पायो । दुई–चार हजार जनताले पोखरामा पुर्वराजालाई स्वागत गरेको विषय पनि लोकतान्त्रिक, प्रजातान्त्रिक, गणतान्त्रिक, भनसुन तान्त्रिक, भ्रष्टतान्त्रिक आदि कुनै पनि तान्त्रिकका मुखियाहरुलाइृ चित्त बुझदै बुझेन र पच्दा पनि पचेन । यो कार्यविरुद्ध पुर्वराजालाई घुमफिरमा रोक लगाउनु पर्नेसम्मका हावादारी हल्ला फिजाइए । भ्रमणको विरोधका नाममा आफना नेताहरुका आफना कुत्सिक वाक्यहरु ओकल्न आपैm वाध्य भए वा कोहि छुद्रेश्वरद्वारा वाध्य वनाइए । याहानिर के कुरा नेताहरुले पुन जोड दिएर स्मरण गर्नुपर्ने अवस्था छ भने, विविध कालखण्डमा भएको आन्दोलनहरुमा तिनै जनताले यि नेताहरुलाई काँधमा वोकी–बोकी पटक–पटक सत्ताको साँचो सुम्पेका हुन् ।

२०४६ सालको जनआन्दोलनपश्चात् देशका दलहरुमा थोरैमात्र छुद्रेश्वरहरुको पहँुच थियो । त्यति बेलै नेतृत्व वर्गले छुद्रेश्वरहरुको पहिचान गरी तिनीहरुलाई निमिट्यान्न पार्न सकेको भए वर्तमानमा दलहरुका कल्पनै गर्न नसकिने किसिमका विसंगतिहरु झाङ्गिँदै जाने थिएनन् । त्यति बेला दलीय नेतृत्व यो विषयलाई आत्मसात् गर्न र सम्बोधन गर्न चुकेको कारण अहिले छुद्रेश्वरहरुको सबै साना–ठूला दलहरुमा जगजगी बढेको छ ।

त्यतिमात्र होईन, यिनै राजालाई राजदरवारबाट हटाउनसमेत यि नेताहरुलाई यिनै जनताले साथ दिएका हुन् भन्ने कुरालाई मनन गरी आफ्नो शासन गर्ने शैलीमा सुधार ल्याउनै पर्ने दबाबलाई महशुस गरेर हाल भैरहेको सत्ता संचालनमा परिवर्तन ल्याउनु नै पर्दछ, होईन र ? यस्तै खाले रवैयाहरुमार्पmत शासन सत्तालाई निरन्तरता दिइरहने हो भने पुर्वराजाको घुमफिरमा जनता स्वागतको लागि भेला हुने मात्र होईन, राजा तिमि अव घुमफिर नगर, पहिला गरेको त्रुटिहरु कत्ति पनि नदोहो¥याई पुनः देशको शासन भार सम्हाल भनेर जुरुक्क काँधमा बोकी वाजागाजासहित राजदरबारमा रहेको सिंहासनमा लगेर राखिदिनेछन् । जनता राजनीतिक व्यवसायीहरुबाट भैरहने पटक–पटकको छलकपटबाट वाक्क भैसकेका छन् । यदि जनताले राजालाई फर्काए भने कम्तीमा दश वर्ष कुनै नेताले जतिसुकै रोइकराइ गरेर कुनै आन्दोलनको लागि जनतालाई सडकमा आउन आह्वान गरे पनि ति नाटकमण्डलीहरुका आवाजलाई जनताले किमार्थ सुन्नेवाला छैनन् ।

तेस्रो नौलो र महत्वपूर्ण विशेषता भनेको देशमा रहेका जति पनि साना–ठूला दलहरु छन् ति सवैमा छुद्रेश्वरहरुको प्रवेश र सहज पहुँच । २०४६ सालको जनआन्दोलनपश्चात् देशका दलहरुमा थोरैमात्र छुद्रेश्वरहरुको पहँुच थियो । त्यति बेलै नेतृत्व वर्गले छुद्रेश्वरहरुको पहिचान गरी तिनीहरुलाई निमिट्यान्न पार्न सकेको भए वर्तमानमा दलहरुका कल्पनै गर्न नसकिने किसिमका विसंगतिहरु झाङ्गिँदै जाने थिएनन् । त्यति बेला दलीय नेतृत्व यो विषयलाई आत्मसात् गर्न र सम्बोधन गर्न चुकेको कारण अहिले छुद्रेश्वरहरुको सबै साना–ठूला दलहरुमा जगजगी बढेको छ । वर्तमान अवस्थामा छुद्रेश्वरहरुको नराम्रो सिकार राप्रपा र नेपाली कंग्रेस बन्न पुगेको छ । नेपाली कंग्रेसमा वर्षौदेखि देखिदै आएको आन्तरिक समस्या र राप्रपाको गएको निर्वाचनमा भएको नराम्रो पराजय यसैका ज्वलन्त उदाहरण हुन् भन्दा अत्युक्ति हुनेछैन ।
छुद्रेश्वरहरुको भूमिका भनेकै दललाई कम्जोर वनाउनु हो । यस मामीलामा छुद्रेश्वरहरुको प्रवेश पुराना दलहरुमामात्र सिमित रहेन । वैकल्पिक शक्ति हौं भन्दै स्थापित साना दलहरुमा पनि यसको प्रत्यक्ष प्रभाव पर्दै गएको छ । पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँशक्ति पार्टि र हालै राजनीतिमा भर्खर वामे सर्न खोज्दै गरेको विवेकशील–साझामा पनि छुद्रेश्वरहरुको प्रभूत्व कायम हँुदै गइरहेको अनुभूति जनमतले गर्न थालेका छन् ।

भर्खरै संगठित हुँदै कता–कता व्यावहारिक विषय र विकासको मुद्दालाई लक्षित गरि जनताको भाषा र समस्याहरुलाई सम्वोधन गर्न प्रयासमा रहेको र आर्थिक लोभलालचबाट अलि टाढै रहेर देश र जनसेवामा समर्पित केही इमान्दार सेवाग्राहिरुको पनि साथ पाएको विवेकशील–साझा पनि कता–कता छुद्रेश्वरहरुको चंगुलमा पुगेको हो कि भन्ने आशकां जनमतमा पैदा हुनथालेको छ । यो दललाई पनि छुद्रेश्वरहरुले भ्वाङ पारेर हिस्स वनाइदिने प्रकृयामा लागि परिसकेका छन् भन्ने कुरा सोहि दलका संयोजकहरुमध्ये एक संयोजक उज्ज्वलबहादुर थापाको हालै प्रकाशित एक आलेखले पुष्टि गर्दछ । पुष १७ को एक दैनिक पत्रिकामा प्रकाशित उनको आलेख पढने जो कोहिले पनि यस कुरालाई आत्मसात गर्दछ ।

इमान्दारीपूर्वक विश्लेषण गर्दा उज्ज्वलजिले आफनो आलेखमा आफनो दलभित्र भएका करिब एकवर्षका फेहरिस्तलाई विविध बुँदामा उल्लेख गर्नुभएको छ । आफना दलले संचालन गरेको कार्यक्रममध्ये सफलता प्राप्त गरेको कार्यक्रमसहित विभिन्न दश बुँदाहरुमा समेटेर जनतालाई जानकारि गराउने प्रयास गर्नु भएको छ जुन सराहण्नीय त छ नै, यस्ता जानकारिमूलक सूचना प्रवाहले यदी छुद्रेश्वरहरुको उपस्थिति रहेको छ भने त्यसलाई हटाउन मद्दत नै गर्दछ । संगठन विस्तार, स्वायत्त न्याय तथा सुशासन आयोग, निस्क्रिय केन्द्रीय विभाग केन्द्रीय र संयोजन समिति, सदस्यता र पारदर्शिताबारे प्रश्नहरु उठाईएको छ । उठाइएका प्रश्नहरुमध्ये वेलावेलामा यस दलका नेतृत्वहरुबाट पारदर्शिताको सवालमा आपूmहरु खुल्ला रहेको र सबै कुराहरु आफनो दलको वेभ साइटमा रहेको अभिव्यक्ति सार्वजनिक गर्ने गरेका कारण पारदर्शिताको बारेमा अहिले देखिएको फरक विचारलाई वास्तविकता के हो त भन्ने सम्वन्धमा प्रायः जनमतले अभिरुची लिएका छन । सकेसम्म चाँडो यस विषयलाई जनसमक्ष स्पष्ट पार्नु सम्वन्धि दलको दायित्व सिर्जना हुन गएको छ ।

आलेखमा उठाइएका कुराहरु यदि सत्य हुन भने नेतृत्व तहले के कुरा स्मरण गर्नु उपर्युक्त हुन्छ भने, सानै भए पनि यस दलमा पनि छुद्रेश्वरहरुको प्रवेश र पहँुच राम्रैसंग पुगेछ भन्ने कुरालाई मनन् गरि वेलैमा छुद्रेश्वरहरुलाई किनारा लगाउने कार्यको थालनी गरिहाल्नुपर्दछ । अन्यथा, ठूला–ठूला र पुराना भनाउदा दलहरुलाई त छिन्नभिन्न पार्न सक्ने हैसियत भएका छुद्रेश्वरहरुका अगाडि विचरो ववुरो भर्खर जन्मेर बल्ल वामे सर्ने प्रयासमा रहेको दललाई छ्याल्लब्याल्ल पार्न कतै समय लाग्दैन ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्