निर्मला पन्त घटनाको प्रतिवेदन संसदमा पेश गर्न संकल्प प्रस्ताव



काठमाडौं (नेस) ।

निर्मला पन्त हत्या प्रकरणमा सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएका शक्तिशाली व्यक्तिहरुको हात रहेको आशंका गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनीक महत्वको संकल्प प्रस्ताव पेश भएको छ ।

काग्रेस सांसद डा. डिला संग्रौला पन्तले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम देहाय बमोजिमको संकल्प पेश गर्ने अनुमतिका लागि सूचना दिएको जनाउनु भएको छ । निर्मला पन्त हत्या घटनाको सत्य तथ्य पत्ता लगाउन आयोग माथी आयोग गठन गर्दै सरकारले प्रतिवेदन वुझि राखेको छ भन्दै उहाले सरकारले प्रतिवेदनहरु सार्वजनिक गर्ने हिम्मत नराखेकोले आशंका उब्जिएको जनाउनु भएको छ ।

‘यसले आम जनमानसमा निर्मला पन्तको घटनामा सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएका शक्तिशाली व्यक्तिहरुको हात रहेको आशंका गरिराखेका छन्’ संकल्प प्रस्ताव पेश गर्दै सांसद संगौलाले भन्नुभयो– नेपालको संविधान २०७२ ले नागरिकको बाँच्न पाउने र न्याय पाउने अधिकारलाई सुनिश्चित गरेको छ । तर कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा. नं २ की १३ बर्षीय बालिका निर्मला पन्तको वलात्कार पश्चात हत्या भएको ५ महिनासम्म पनि अपराधी पहिचान नहुँनु सरकार शुन्यताको अवस्थामा पुगेको अनुभूती भईराखेको छ ।

निर्मला हत्या काण्डको चौतर्फी दवावका बाबजुत सरकार उदासिन र तथ्यलाई वाहिर ल्याउन नसक्नु अत्यन्त खेदजनक भएको संकल्प प्रस्तावमा उल्लेख छ । ‘यस घटनाले सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै बदनाम भईरहेको छ भने कम्युनिष्ट शासनमा यस्ता घटनाहरु सामान्य मानिन्छन्, भन्ने धारणा बन्दै गईरहेको छ ।

पीडितले न्याय पाउनुको सट्टा थप अन्यायको शिकार हुँदैं गईरहेको कुरा निर्मला पन्तको वावुको मानसिक सन्तुलन गुमेको कुराले पनि थप पुष्टि भएको छ ।’ काग्रेस सांसद संग्रौलाले भन्नुभएको छ– सार्वजनिक महत्वको यस बिषयलाई सरकारले अविलम्ब संसद समक्ष पेश गरोस भनी यो संकल्प प्रस्ताव दर्ता गरेको छु ।

प्रतिक्रिया दिनुहोस्