रानीमहलमा पर्यटक बढे



कविराज नेपाल, पाल्पा
प्रेमको प्रतिक रुपमा परिचित नेपालको ताज महल भनेर चिनिने पछिल्लो समयमा पाल्पाको महत्वपूर्ण स्थल रानीमहलमा पर्यटकको आवागमन वढेको छ । नेपालको ताजमहलको रुपमा चिनिएको एतिहासिक, धार्मिक, पर्यटकीय हिसावले अति महत्वपुर्ण रानीमहलमा सदरमुकाम तानसेन देखी रानीमहलसम्म मोटरवाटो संचालन र आवश्यक पर्यटकीय पूर्वाृधारको निर्माण भएपछि आवागमन वढेको हो ।

पछिल्लो समयमा चााहेको वेला जो सुकैे पनि रानीमहलमा सजिलै पुग्न सक्ने भएका कारण आन्तरिक र वाह्य पर्यटकको आवागमन वढेको हो । पैदलमार्ग बाट सदरमुकाम तानसेन देखी १० किलोमिटर दुरी रहेता पनि मोटर बाट भने १७ किलोमिटर यात्रा गरेमा अव सजिलै रानीमहलको अवलोकन गर्न सकिने भएको छ । जुन दूरी पार गर्न १ घण्टामा सकिन्छ । यस अघि यहा पुग्न एकातर्फी मात्रै करिव ३ घण्टा समय छुट्याउनुपर्ने अवस्था थियो । मोटरबाटोको निर्माण पछि छोटो समय भएकाहरुलाई समेत ३ घण्टा भित्र रानीमहल घुमेर सदरमुकाम फर्किन सकिने भएको छ ।

पछिल्लो समयमा मोटरबाटोको निर्माण यहा पुग्न सार्वजनिक यातायात संचालनमा ल्याइएको छ । पहिले पहिले यहा फेब्रुवरी १४ तारिख भ्यालेन टाईन डे अर्थात प्रणय दिवसको अवरसमा नेपालको ताजमहल भनेर कहलिएको रानीमहलमा दर्जनौ जोडीहरु दिवस मनाउन जोडीहरु रानीमहलमा पुग्ने गर्थे भने पछिल्लो समयमा पिकनिक मनाउन र घुम्नका लागि पर्यटकहरु आउने गरेको स्थानीय दिपक पाण्डे वताउछन । यसै भएर आजभोली दैनिक करिव ५ सयको हाराहारीमा यहा आन्तरिक र वाह्य पर्यटक पुग्ने गरेको अर्का स्थानीय शुरेश पाण्डेले बताए ।

गएको साउन महिनामा तानसेन नगरपालिका– १३ स्थित ऐतिहासिक रानीमहल (रानीघाट दरबार) संघीय सरकारले स्थानीय सरकार मातहत रहने गरी हस्तान्तरण गरेको थियो ।

पछिल्लो समयमा यसको रेखदेखको जिम्मा तानसेन नगरपालिकाले लिएको र केही दिन पहिले यहाको सरसफाइ पनि गरिएको नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले वताए । उनका अनुसार यस क्षेत्रलाई गुरु योजना नै वनाएर विकास र पर्यटनसँग जोडने गरी नगरपालिका लागि परेको छ । यसै अनुसार यहाको वाटो लगायतका कार्यमा नगरपालिकाको चासो रहेको प्रमुख शाहीले वताए ।

उनका अनुसार पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा तानसेन नगरपालिकाले कालीतटमा रहेको रानीमहल क्षेत्रको विकासका लागि योजनासहित अघि बढ्ने योजना नगरपालिकाको छ । उनका अनुसार अव यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गराउनका लागि नगरपालिकाले वृहत कार्यक्रम सहित योजनाहरु अघि ल्याउने छ र यसलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अघि वढाउदै लगिने छ ।

बि.स. १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि खड्ग शमशेरले उनकै सम्झना ज्वातिषको सल्लाहमा रानी महल निमार्ण गरेका हुन । बिस १९५० मा शिलन्यास गरी १९५४ मा रानीमहल दरवारको निर्माण पुरा भएको थियो । उत्तरमुखि काली गंगाका बगेको स्थानको छनौट गरी रानीमहल दरवार निमार्ण गरिएको छ । उत्तरमुखि गंगाको जल खुट्टाले कुचेपनि पबित्र भईन्छ भन्ने मान्यताका साथ दरवारकै सिडिहरु बाट कालीनदिमा पुग्ने गरी दरवारको निमार्ण गरिएको छ ।

काली गण्डकी बाटै जग उठाएरु यो दरवारको निमार्ण गरिएको छ । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा रहेका छन । ताजमहलको परिसरमा मनमोहक बगैचा, शिबलाय, पानीपोखरी, शिबलिङ्गमा नागनागिनले जल शेचन दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला, ठुला ठेला घण्टहरु, सहितको बिभिन्न आर्कषित कलाकृतिहरु देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्