एभरेष्ट बैंकद्वारा अपांगमैत्री एवम् ई–लबी शाखा स्थापना



काठमाडौं, (नेस)
एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपांगमैत्री एवम् ई–लबी शाखाको स्थापना गरेकोे छ।

बानेश्वरको अपांगमैत्री एवं ई–लबी शाखाको उद्घाटन बैंकका अध्यक्ष बीके श्रेष्ठले गर्नु भएको थियो।

उक्त शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान गर्न अपांगतामैत्री प्रवेशद्वार निर्मिण गरिएको छ।

त्यस्तै ई–लबी आधुनिक बैंकिङ सुविधाजस्तै डेबिट कार्ड, उपोभोक्ता भुक्तानी बिल, एटीएम जस्ता सुविधा प्रदान गर्न जडान गरिएको छ। कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीको पनि उपस्थितिथियो ।

हालै भएको क्यामेलस रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखा, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्