नेपाल भ्रमण गर्ने पर्यटक १२ लाख पुगे, सन् २०२० को लक्ष्य भेट्टाउन चुनौतीपूर्ण



नेपाल समाचारवपत्र, काठमाडौं
सन् २०१८ मा नेपाल भ्रमणमा गर्ने पर्यटकको संख्यामा करिब १२ लाख पुगेको छ । यो तथ्यांक हालसम्मकै उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सन् २०१७ को तुलनामा २४ दशमलव ७७ प्रतिशतको बढी हो ।

नेपाल भ्रमण गर्ने हवाईमार्गबाट ९ लाख ६९ हजार २ सय ८७ र स्थल मार्गबाट २ लाख ३७ हजार ८५ पर्यटकले आएको बोर्डले जनाएको छ ।

त्यस्तै हवाईमार्ग भएर नेपाल आउने भारतीय पर्यटकको संख्यामा गत वर्षकोे तुलनामा २५ दशमलव १ प्रतिशतले वृद्धि भई २ लाख ४ हजार ८३ जना पुगेको छ । दोस्रोमा चिनियाँ पर्यटक १ लाख ५३ हजार ६ सय २ जना रहेका छन् । जुन २०१७ को तुलनामा ४६ दशमलव ८ प्रतिशतको बढी हो । तेस्रोमा अमेरिकी पर्यटक ९१ हजार ७ सय ८९ जान र चौथोमा श्रीलंका ७० हजार ६ सय १० जना र पाँचौ ६३ हजार ८६ जना पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै श्रीलंकाबाट आउने पर्यटकको संख्यामा सन् २०१७ को तुलनामा ५५ दशमलव ७ प्रतिशत वृद्धि भएको छ भने सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ लाख १ हजार ९ सय ६३ पुगेको छ ।

थाइल्यान्ड, दक्षिण कोरियाली र जापानी पर्यटकहरुको संख्यामा पनि २०१७ को तुलनामा क्रमशः ३६, ८ दशमलव ३ र ८ दशमलव ९ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ । नेपाल भ्रमण गर्ने बेलायत, जर्मनी र फ्रान्सका पर्यटकको संख्या वृद्धि क्रमशः ६३ हजार ८६, ३६ हजार ८ सय ३३ र ३१ हजार ६ सय ५३ जना पुगेको छ ।

सात वर्षपछि लक्ष्य पूरा
वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि पँरा भएको छ । सन् २०११ मा पर्यटन वर्ष मनाउने क्रममा लिएको उक्त लक्ष्य सन् २०१८ मा आएर पँरा भएको हो ।

बोर्डका अनुसार सन् २०१८ को ११ महिना (जनवरीदेखि नोभेम्बर) सम्म १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसअघि सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

स्थलमार्गमा भैरहवा धेरै, धनगढी नाकाबाट कम
स्थलमार्गमा भैरहवाबाट सबैभन्दा बढी र कम भने धनगढीबाट भारतीय पर्यटक भित्रिएका छन् । कुल २ लाख ३ हजार ७ सय ८५ स्थलमार्गबाट आएकोमा भैरहवा नाकाबाट १ लाख ६५ हजार ८ सय २ र रसुवागढीबाट २६ हजार ६ सय ९४, काँकडभिट्टाबाट ६ हजार ९ सय ९७, महेन्द्रनगरबाट २९ सय २३, कम भने धनगढीबाट ९ हजार ७६ जनाले नेपाल भ्रमण गरेका छन् ।

सुधारको लयमा पर्यटन क्षेत्र, २० लाख चुनौतीपूर्ण
नेपालमा पर्यटन आगमन क्रमिक सुधारको क्रममा रहेको पर्यटनविद् प्रचन्डमान श्रेष्ठले बताउनुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै श्रेष्ठले भन्नुभयो–‘भँकम्प र नाकाबन्दीका कारण थलिएको नेपालको पर्यटन क्षेत्रमा अब आशा बढेको छ, लयमा फर्किएको पर्यटन क्षेत्रलाई सुधार गर्न पँर्वाधार निर्माणमा जोड दिनुपर्ने हुन्छ ।’

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । ‘अपेक्षित रुपमा पर्यटक आगमन बढेर गएको भए पनि दुई वर्षमै २० लाख पर्यटक नेपाल भित्र्याउन निक्कै चुनौतीपँर्ण छ’ श्रेष्ठले भन्नुभयो ।


भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सरकारले लिएको लक्ष्य पँरा मद्दत पुग्ने श्रेष्ठको धारणा छ ।

सस्ंकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को पँर्वसन्ध्यामा पर्यटक आगमनमा हासिल गरिएको वृद्धिले सबैलाई उत्साहित बनाएको र सन् २०१८ का अन्तिम दुई महिनामा नै करिब ४७ प्रतिशतको वृद्धि भएकाले भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिको लागि बलियो आधार तयार भएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीका अनुसार नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाकालदेखि नै अंगिकार गरेको साझेदारीको अवधारणा र सबैको साझा प्रयासले विगत तीन वर्षयता पर्यटन आगमनमा देखिएको लगातारको वृद्धिले पर्यटन सरोकारवालामा उत्साह र आत्मविश्वासको सञ्चार गरेको बताउनुभएको छ ।

सरकारले आगामी दुई वर्षभित्र प्रतिपर्यटक दैनिक ६५ डलर खर्च गर्ने र बसाई अवधि १४ दिन पु¥याउने लक्ष्य राखेको छ । हाल एक पर्यटकले दैनिक ५४ डलर खर्च गर्ने गरेको र १२ दिनको औसत बसाई रहेको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्