सम्झना सांगीतिक योद्धाको



हामी नदीका दुई किनारा

हाम्रो संगम असम्भव छ। 

राजा महेन्द्रबाट नेपाल कलाभँषण उपाधिद्वारा सम्मानित संगीतसाधक चन्द्रराज शर्मा। उनैले संगीत भरेका माथिको गीतझैं कहिल्यै फेरि संगम नहुने गरी यस धर्तीबाट गत वर्ष पुस ६ गते बिहीबार सदाका लागि बिदा भए। उनको आज मंगलबार पहिलो वार्षिक पुण्यतिथि परेको छ। यसै सन्दर्भमा यहाँ फेरि उनको सम्झना गरिएको हो।

अघिल्लो रातिसम्म सामान्य अवस्थामा रहेका शर्माले भोलिपल्ट बिहान महाराजगन्जस्थित शिक्षण अस्पतालमा जीवनकै अन्तिम श्वास फेरे। बिहान दँध खान गाह्रो भएपछि १० मिनेटभित्रै महाराजन्जस्थित शिक्षण अस्पताल लैजानासाथ उनको निधन भएको घोषणा गरिएको थियो।

सांगीतिक घरानामा जन्मिएका शर्माले पारिवारिक सांगीतिक माहोल पाएका कारण आफँलाई संगीत साधनामा लीन गराएका थिए। उनी संगीत शिरोमणि यज्ञराज शर्माको माइला पुत्रका रूपमा १९९६ साल फागुन २७ गते आमा होमकुमारीको गर्भबाट राजधानीको डिल्लीबजारमा जन्मिएका थिए। नजिकैको पद्मोदय हाइस्कुल डिल्लीबजारबाट एसएलसी, २०१८ सालमा त्रिचन्द्र कलेज घण्टाघरबाट बीकम र २०२१ सालमा भारतको इलाहावादबाट संगीतमा बीम्युज गरेका उनले बाल्यकालदेखि नै पिताको पदचि≈न पछ्याउँदै संगीतकर्मलाई अगाडि बढाएका थिए। पढाइमा तेजिलो हुँदाहुँदै पनि उनको झुकाव संगीततिर थियो। छोराको झुकावलाई बुझेरै यज्ञराजले उनलाई गीत गाउने कला सिकाएका थिए।

सन्दर्भ: संगीतसाधक चन्द्रराज शर्माको वार्षिक पुण्य तिथि

यज्ञराज रत्न रेकर्डिङ ट्रस्टको पहिलो अध्यक्ष भए पनि चन्द्रराजलाई संगीत भर्न भने सिकाएका थिएनन्। चन्द्रराजले भने जटिलभन्दा जटिल धुन सिर्जना गरेर बाल्यकालमै सबैलाई आश्चर्यमा पारिदिएका थिए। त्यसपछि यज्ञराजले संगीतका आधारभँत ज्ञान र गुण सिकाएका थिए। घरमै नेपालका विख्यात संगीतकार पिता पाएपछि चन्द्रराजले सानैमा संगीतमा आफँलाई निखार्दै लगे। त्यसो त उनका भाइ सँर्यराज शर्मा नेपालका अर्का अब्बल संगीतज्ञ थिए।

रेडियो नेपालको स्थापना हुँदा चन्द्रराज केबल ९ वर्षका थिए। रेडियोमा गुन्जने आवाजले भने उनलाई आकृष्ट गर्दथ्यो र त्यसमा प्रसारण हुने गीत सुनेरसमेत उनी आफँलाई परिष्कृत गर्दै जान्थे। रेडियो नेपाल स्थापना भएकै वर्ष पिताका साथ त्यहाँ पुगेका उनले २०१७ सालमा तारा भण्डारीसँग बिहे गरेका थिए। उनका दुई पुत्र नरेश र सुदेशराज शर्मा हुन्। दुवै रेडियो प्रसारण र संगीत गरी भिन्दाभिन्दै विधामा ख्यातिप्राप्त छन्।

हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ, मनमा माया तनमा माया, आँखाहरूले रुन नखोजे (चलचित्र कुमारी), चपला अबला एक सुरमा (चलचित्र भानुभक्त), मेरो माल मलाई फर्काइदेउ बाबु (चलचित्र जीवनज्योति), ए मेरी मुना नभन (गीति नाटक मुनामदन) जस्ता सदाबहार र कालजयी गीतहरूका यी संगीत सर्जकले जीवनकालभर सार्थक र ओजपँर्ण गीतहरूको संगीत तयार पारे। उनीद्वारा संगीत सिर्जना गरिएका गीतहरू नारायणगोपाल, माणिकरत्न, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, रवीन शर्मा, तारादेवी, गोपाल योञ्जन, प्रकाश श्रेष्ठ, लोचन भट्टराई, रामकृष्ण ढकाल, एम बराल, राजेशपायल राईजस्ता गायकगायिकाले गाएका थिए। खासगरी शास्त्रीय संगीतका यी गुरु र चेलाले शास्त्रीय, फिल्मी, नाट्य, भक्ति र राष्ट्रिय गीतहरूका लागि संगीत भरेका छन्। उनले संगीत भरेका दर्जनौं गीतहरू अहिले पनि सदाबहार र कालजयी गीतका रूपमा अमर रहेका छन्।

मुनामदन, गौरी, सत्य हरिश्चन्द्र, कुञ्जिनी, धने, स्वतन्त्रको सम्मान, राजकुमार, विश्वान्तर, भृकुटी, श्रीकृष्ण लीला, मुटुको व्यथालगायतका नाटकमा जीवन्त संगीत भरेका चन्द्रराजले आप्mनो संगीत सिर्जनाद्वारा थुपै्र फिल्मलाई पनि धनी बनाइदिएका छन्। पहिलो रंगीन फिल्म कुमारीदेखि जीवनज्योति, धर्ती आकाश, श्रीस्वस्थानी, भानुभक्तजस्ता फिल्मका गीतका लागि संगीत तयार पारेका शर्माले सांस्कृतिक संस्थानमा संगीत विज्ञका रूपमा २०२९ सालदेखि कार्यरत रही संगीत विभागको निर्देशक पदबाटै २८ वर्षपछि बिदा लिएका थिए।

संगीत क्षेत्रमा योगदान पु¥याएबापत उनी प्रबल गोरखा दक्षिणबाहु, वीरेन्द्र शुभराज्याभिषेक पदक, छिन्नलता विशेष पुरष्कार, नारायणगोपाल स्मृति सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, नेपाल सांगीतिक संघ सम्मान, रेडियो नेपाल सम्मान, शिक्षा पुरस्कार, रूपक स्मृति कला सम्मानजस्ता विभँषण र सम्मानबाट सम्मानित भएका थिए।

प्रतिक्रिया दिनुहोस्