सन्राइज बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
सन्राइज बैंकले टिच फर नेपाललाई संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख रुपियाँ प्रदान गरेको छ ।

शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने टिच फर नेपालको उद्देश्यलाई बैंकले समाविष्ट गर्दै संस्थागत सामाजिक उत्तरदायित्व उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

उक्त सहयोग रकम बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक ज्योति कुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्