एचआईभी एड्सले उजाडियो गीतादेवीको जिन्दगी



विमल बिष्ट, डोटी ।
‘चरिले राएन होकी लेग काफल पाक्दा ।’
‘न घरबारी न जिन्दगी एड्स रोग लाग्दा ।।’
हिजो आज प्राय यस्तै दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटीको जोरायल गाउपालिकाकी एचआइभी संक्रमित (नामपरिर्वत) गितादेबी । एचआईभी एड्सकै कारण उहाँले २४ बर्षको कलीलै उमेरमा आफना पति मात्रै गुमाएकी छैनन् स्कुलमा छोराछोरी पढ्न पठाउन पनि सकिरहेकी छैनन् ।

जिन्दगी देखी हार खाएर वाक्क भएको बताउने तिगादेबी श्रीमान बितेपछि हात मुख जोर्न पनि धौ धौ परेको बताउनुहुन्छ र भन्नुहुन्छ–‘ दःखी गरिब,असाएका त भगवान हुन्छन्,भन्छन् मेरा त भगवान पनि आफना भएनन् ।’ ८ बर्षकी एक छोरी र ६ बर्षको एक छोरा पढाउनका लागि उहाँले सयौ दुःख कष्ट गरेपनि सफल हुन सकेको छैन् । कयौं मोड र घुम्तीसंग जम्काभेट गर्दै अगाडि बढ्दा उहाँले अनगिन्ती ठेस भोग्नुका साथै थुप्रै हण्डर खानु भएको छ । उहाँलाई शरीरमा एड्स (बम्बैया रोग) लागेको करिब ४ बर्È भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ । गितादेबीका श्रीमान् दीर्घबहादुर बम्बैको केरलामा काम गर्दागर्दै बिरामी परेर गाउ“ फर्केको ७ महिना पछि ओछयानमा पर्नुभयो । लोग्नेले आफूलाई टिवी भएको भन्दै औÈधी खान्थे । मरेपछि गाउ“लेले –‘भाईयौ यसको लोग्ने त एड्सलागि म¥याको’ भनेपछि बल्ल उहाँले थाहा पाउनु भयो श्रीमानलाई एचआईभी÷एड्स लागेको कुरो ।

लोग्नेलाई पहिले नै एचआइभी एड्स भएको रहेछ । अन्जान तथा निर्दोश गितादेबी लाई श्रीमानले एचआइभी थमाइदिनु भयो । तर उहाँका छोरा छोरीमा भने यो रोग नदेखिएको बताईएको छ । जब गाउ“मा गितादेबीमा एचआइभी छ भन्ने हल्ला फैलियो तब गाउ“लेले भन्नथाले –‘यइले पनि दुनिया“को रोग सारी ।’ गिताले आफनो श्रीमान् बितेको करिब एकबर्È सम्म गाउ“ गाउ“मा मागेर आफना केटाकेटी पाल्नुभयो । उहाँले आफूलाई एड्स भएकोे थाहा पाएको पनि लामो समय भइसकेको छ । समाजको अपहेलनाका कारण उहाँ गाउ“बाट पनि विस्थापित हुन बाध्य हुनु भयो । उहाँको जीवनमा दुःखको महाभारत बाहेक केही पनि जुटेन । उहाँले आशा गरेको र पर्खिएको भनेको अब मृत्यु नै हो ।

मृत्यु पर्खर्दै हातका बाहुलाले आ“शु पुछेर भए पनि उहाँले दुई जना छोराछोरीलाई लतार्दै यहा“सम्म ल्याएको दुखेसो पोख्नु भयो । गाउ“बाट विस्थापित भएसंगै गितादेबीको जिन्दगीका पाईला टेक्ने एक टुक्रा जमिन र टाउको लुकाउने झुप्रो घर पनि खोसियो । गितादेबीको घरमा जस्तै डोटीका धेरैजसो गाउ“बाट भारतका मुम्बइ र दिल्लीमा काम गर्न जाने पुरुÈहरुले घर फर्किदा परिवारमा ना“सो स्वरुप एचआइभी (बम्बैया रोग) ल्याईदिने गरेका छन् । रोजगारीका लागि भारत गएर आउनेहरुले ल्याएको एचआइभी एड्सले सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी एड्स धेरै भएको पहाडी जिल्ला मध्येमा गनिन्छ । सिकारीको तिर लागेर घाइते भएको मृग जस्तै डोटी पनि एचआईभी रोगको ओछयानमा दिनानु दिन थलापर्न थालेको छ । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा एचआईभी एड्स घट्नुको साटो दिनानु दिन बढीरहेको सो क्षेत्रमा काम गर्ने संघ संस्थाको तत्थ्यांकमा उल्लेख गरिएको छ । यहाँका एचआइभी संक्रमितहरु गाउमा वहिस्कृत छन्, अपहेलित छन् अनि बा“च्ने जीवन बर्Èमा स्वप्नविहिन टोलाएका आ“खाले अरुलाई स्वागत गर्नु मनासिव पनि ठान्दैनन।

गितादेबीका छोरा छोरी साथीहरुसंग खेल्न, गाउ“मा यताउता जाने गर्दैनन् । साथी संगीले पनि–‘बम्बैयाको सन्तान आयो (एड्स आयो) भन्ने गरेका कारण उनीहरु साथी समाज संग खुलेर बोल्न र हिड्न सक्दैनन् । दुःखेसो राख्दै गितादेबी निराशाको सुस्केरामा भन्नुहुन्छ–‘जंगल (लेक)मा काफल पाकेको चरिले नचिन्दा भोकै बस्नु परेको र समयमै श्रीमानलाई लागेको एचआईभी नचिन्दा आफनो यस्तो अबस्ता भयो ।’ आफुलाई जस्तो अरुलाई नपरोस भन्दै भगवान संग प्राथर्न गर्ने र गित गाउने गरेको समेत उहाँ बताउनुहुन्छ ।

एचआईभी एड्स संक्रमितका Ôेत्रमा कार्यरत संस्था सामुदायिक बिकाश मञ्चका अनुसार डोटीमा खुलेका मात्रै एक हजार बढी एचआइभी एड्स (बम्बैया रोग) वाट संक्रमित रहेका छन् भने नखुलेका हरु अझै धेरै हुन सक्छन् । अहिले डोटीमा एचआइभी एड्स संक्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्थाहरु सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्