गाँजा अफिम फाँड्न प्रहरी जनशक्ति थप



हेटौंडा, (नेस)
जिल्ला प्रहरी कार्यलय मकवानपुरले आइतबारबाट जिल्लाको राक्सिराङ गाउँपालिका–५, ६, ७ र ८ तथा हेटांैडा–१९ का दुर्गम भागमा परम्परागत्रुपमा लगाइएका छुट तथा नयाँ स्थानमा गाँजा र अफिम खेती फँडानीका लागि थप प्रहरी जनशक्ति परिचालन गरेको छ ।

यसअन्तर्गत् ४४ जनाको ३ वटा टोलीले ४ दिन फँडानीसहित कुल १ सय ७६ प्रहरी जनशक्ति यस अवधिभर परिचालन हुनेछन् भने टोलीहरु ती स्थानमा पुगी गाँजा तथा अफिम फँडानी सुरु गरिसकेको छ ।

जिप्रकाले गाँजा तथा अफिम खेतीविरुद्ध सञ्चालन गरेको कार्ययोजनाको उद्धेश्यअनुरुप थप अनुगमनपश्चात् विषम परिस्थिति, खानेबस्ने उचित बन्दोबस्त नहुनु, प्रतिकूल भौगोलिक अबस्थाका बाबजुद गाँजा र अफिम खेती फँडानी कार्य अत्यन्त चुनौतीपूर्ण रहे पनि फँडानीका क्रममा कहिंकतै कसैको पनि यस्तो खेती छुट्न नपाओस् भनी व्यापकरुपमा खोजी गरी फँडानीलाई निरन्तरता दिइएको हो ।

सदाझंै स्थानीय निकायका जनप्रतिनिधि र सर्वसाधारणले खटिएका प्रहरीलाई सकारात्मक सहयोगको अपेक्षासाथ गैरकानुनी कार्य नियन्त्रण गर्ने कार्यका लागि बिकट स्थानमा छोटो दुरीसम्म मात्र सवारीसाधनबाट र बाँकी भागमा पैदल मार्गबाट पुगी तत्परतासाथ फँडानी गर्ने लक्ष्य राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालू आवको हालसम्म १ हजार १ सय ५५ प्रहरी जनशक्ति परिचालन गरी २ सय ८९ बिगाहा १५ कठ्ठा १० धुरको गाँजा र ३१ बिगाहा ७ कठ्ठा अफिम गरी कुल ३ सय २१ बिगाहा २ कठ्ठा १० धुर गाँजा÷अफिम खेती फँडानी गरी नष्ट गर्नुका साथै स्थानीयलाई लक्षित गरी फँडानीमा खटिएका प्रहरीबाट लागुपदार्थ दुव्र्यसन, खेती, कारोबारविरुद्ध चेतनामूलक कार्यक्रमसमेत गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्